Comments Add Comment

यी हुन् नाडा अटो-शोमा हेर्न पाइने नयाँ गाडी

nada show 2072 (13)
१३ भदौ, काठमाडौं । नाडा अटो-शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ । गाडीको खरिद-विक्रीको यो कुम्भ मेलाका रुपमा रहेको अटो शोमा विभिन्न ३६ वटा ब्राण्डका सवारी साधन रहने आयोजकले जनाएको छ ।

१६ वटा ब्राण्डका चार पाङ्ग्रे, १५ वटा ब्राण्डका दुई पाङ्ग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन शोमा राखिने छन् । दशैंको अगाडि हुन लागेको मेलामा झण्डै ५० हजार अवलोकनर्ता आउने र २ सय करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा छ ।

मेलामा यसवर्ष पनि विभिन्न कम्पनीले आफ्ना पुरानासहित नयाँ मोडलका सवारीहरु राख्दैछन् । मुख्य रुपमा मेलामा चार पांग्रे सवारीहहरु आकर्षणको केन्द्र हुनेछन् ।

शोमा गतवर्षको मेलामा नदेखिएका थुप्रै दुई तथा चार पांग्रे सवारी प्रवेश गर्नेछन् । मेलामा आउनेको मुख्य आकर्षण पनि यस्तै गाडीमा हुनेछ । नयाँसँगै विश्वसनीय उत्पादन खोज्ने मानवीय स्वभाव नै हो । त्यसैले मेलामा यसवर्ष देखिदै गरेका नयाँ गाडीबारे धेरैलाई चासो छ ।

मेलालाई नै लक्षित गरेर केही कम्पनीले भर्खरै नयाँ गाडी नेपाल ल्याएका छन् । विभिन्न कम्पनीका नयाँ गाडी सार्वजनिक हुने क्रम आजसम्म नै चलिरहेको छ । यसपाली मेलामा विशेष आकर्षणका रुपमा रहने विभिन्न कम्पनीका नयाँ मोडलका गाडीले उत्तिकै प्रभाव छाड्न सक्ने देखिएको छ । यो वर्षको मेलामा देखिने नयाँ गाडीबोर यहाँ संक्षित चर्चा गरिएको छ ।

टाटा टियागो

TATA-TIAGO
नेपालमा प्यासेन्जर कारको बजार हिस्सा बढाउन आक्रामक बन्दै गएको टाटा मोटरले नयाँ ह्याचब्याक गाडी टियागो सार्वजनिक गरेको छ । सामान्यतयाः कमर्सियल भेहिकलमा एक्सपर्ट मानिने टाटाले पछिल्ला दुई बर्षयता आफ्ना प्यासेन्जर कारलाई बिश्वस्तरीय ब्राण्डसँग प्रतिस्पर्धा गर्नेगरी तयार पारिरहेको छ । इन्जिन, पर्फमेन्स, डिजाइन, सुविधा लगायतका सवै पक्षमा टाटाले आफुलाई पुनःपरिभाषित गर्ने कोसिस गरेको छ ।

बोल्ट र जेस्टजस्ता पछिल्ला मोडलमा टाटाले आफुलाई सुविधा र इन्जिनमा अब्बल सावित गरिसकेको छ । नयाँ ह्याचब्याक टियागोमार्फत् टाटाले डिजाइनमा पनि नयाँ बेञ्चमार्क सेट गरेको छ । यसअघिको इन्ट्री लेभल ह्याचब्याक इण्डिकालाई रिप्लेस गर्नेगरी ल्याइएको हो टियागो ।

तीन वटा भेरियन्टमा उपलब्ध हुने कार ६ वटा कलरमा रहेको छ । यो कारको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । जसमा एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्स जेटको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो गाडीमा १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स दिइएको छ ।

मारुती-सुजुकीको ‘भिटारा ब्रेजा’
vitara-brezza-
भिटारा ब्रेजा नेपाली बजारमा एसयुभी सेगमेन्टमै पहिलो पटक डुअल कलर स्किमसहित आएको छ । यो गाडीमा उत्कृष्ट क्षमताका लागि डीडीआइएस-२०० इन्जिन जडान गरिएको छ । पूर्ण डिजल इञ्जिनले ९० पीएस शक्ति र २४ दशमलब ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसमा १ सय ९८ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स छ । नेपाली बाटोका लागि यसको ग्राण्उड क्लेयरेन्स उत्कृष्ट मानिएको छ । ५ सिट क्षमताको यो गाडीमा किलेस एन्ट्री, स्टेरिङ माउन्टेड कण्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, इञ्जिन स्टार्ट स्टप बटन, क्यामरासहितको पार्किङ सेन्सर, अटो एसीलगायत सुविधा पनि उपलब्ध छ ।

यसमा विभिन्न ७ भ्यारियन्ट उपलब्ध छन् । भिटारा ब्रेजाको मूल्य ३५ लाख ९९ हजार रुपैयाँदेखि ४४ लाख ४० हजार रुपैयाँसम्म तोकिएको छ । सबै भेरियन्टमा डिजेल इञ्जिन छन् ।

रेनल्ट ‘क्वीड’
REANULT-KWID
फ्रान्सेली मोटर कम्पनी रेनल्टले यसै मेला मार्फत नेपालमा आफ्नो उपस्थिति जनाउँदैछ । विशाल ग्रुप अन्तर्गतको एड्भान्स्ड अटोमोबाइल्स प्रालिले नेपालमा रेनल्टका गाडी बिक्री-वितरण गर्ने भएको छ ।

यसै अवसरमा कम्पनीले सबैभन्दा सस्तो मूल्यको कार क्वीड नेपाली बजारमा ल्याएको छ । रेनल्टले यसअघि भारतीय बजारमा राम्रा उत्पादन दिएर मन जितिसकेको छ ।

कम्प्याक्ट एसयुभी गाडी ‘डस्टर’का कारण धेरै उपभोक्ताको पहिलो रोजाइमा परेको रेनल्टले गत बर्ष मात्रै क्वीड सार्वजनिक भएको थियो ।

क्वीडको न्युनतम मुल्य १६ लाख ८९ हजार भन्दा बढी पर्ने कम्पनीले जनाएको छ । ‘रेनल्ट क्वीड’ सानो आकारको ८ सय सीसी क्षमताको कार हो । रेनल्टले यो श्रेणीमा सवैभन्दा बढी अर्थात् २५.१७ किलोमिटर माइलेज दिने दावी गरेको छ ।

रेनल्ट ‘डस्टर’
REANULT-DUSTER
रेनल्टको ‘डस्टर’ कार डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ । ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह््वील, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट गि्रल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स आदि विशेषता भएको यो कार पनि नेपाली बजारमा प्रवेश भएको छ ।

कारको नेपाली बजार न्युनतम मुल्य ३५ लाख ३३ हजार भन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इन्जिन रहने कम्पनीले जनाएको छ ।

यसमा विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । त्यसैगरी डस्टर पेट्रोल भर्सन २ भेरियन्ट र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छ ।

डाटसनको ‘रेडी गो’
Datsun-Redi-Go-1
नेपालको इन्ट्री लेवल कार बजारमा ‘रेडी गो’ कार नयाँ तथा आकर्षक मोडलका रुपमा प्रवेश गरेको छ । जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ अर्वन क्रस कार नेपाली बजारमा भित्रिएको हो ।

डाटसन गाडीको नेपाली बिक्रेता पायोनियर मोटोकर्प हो ‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कारमा ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ ।

यसले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको उच्चतम गती १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको यो कार १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्ने कम्पनीको दाबी छ ।

किया ‘स्पोर्टएज’
kia-sportage
किया मोटर्सले आफ्नो एसयुभी गाडी स्पोर्टेजलाई नयाँ लुक्ससहित नयाँ भर्सनमा ल्याएको छ । नाडा अटो-शोलाई लक्षित गरेर कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले स्पोर्टएजलाई नेपाल ल्याएको हो ।

यसलाई पहिलेभन्दा स्पोर्टी लुक्स दिइएको छ भने सेफ्टी फिचर्सहरु थप गरी प्रस्तुत गरिएको छ । स्पोर्टएजलाई स्टाइलिस लुक्सका साथ सार्वजनिक गरिएपछि यसले धेरैलाई आकषिर्त गर्ने कम्पनीको विश्वाश छ ।

यसमा १९९९ सीसीको इञ्जीन छ । यसले शहरभित्र प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यसका ८ वटा भेरियन्टहरु नेपालमा उपलब्ध छन् । पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । यसको मूल्य ७६ लाख ९५ हजारदेखि ८९ लाख ९५ हजार रुपैयाँसम्म पर्छ ।

सुजुकीको बलेनो
SUZIK-BELENO
नेपाली पि्रमियम ह्याचब्याक कार बजारमा सुजुकीको बलेनोले आकर्षक ब्यापार गरिरहेको छ । १२ सय सीसीको भीभीटी पेट्रोल इञ्जिन भएको बलेनो ले १३ किलोमिटरभन्दा माथि माइलेज दिने दाबी कम्पनीको छ ।

बलेनोको नेपाली बजारमा सुरुवाती मूल्य २८ लाख ६९ हजार रुपैयाँ तोकिएको छ । सिग्मा, डेल्टा, सेटा र अल्फा भरियन्टहरुमा ग्राहले रोज्न सक्छन् ।

बलेनो सिग्माको मूल्य २८ लाख ६९ हजार रुपैयाँ छ भने बलेनो डेल्टालाई ३ लाख ६९ हजार रुपैयाँ पर्छ । यस्तै बलेनो सेटालाई ३३ लाख ६९ हजार रुपैयाँ र बलेनो अल्फालाई ३६ लाख ६८ हजार रुपैयाँ तोकिएको छ । भेरियन्टहरुमा फरक-फरक सुविधाहरु छन् ।

होण्डा-बिआरभी

honda-brv
चर्चित जापनीज कम्पनी होण्डाको कम्प्याक्ट प्रमियम एसयुभी गाडी ‘बिआरभी’ नेपाली बजारमा भित्रिएको छ । बिआर-भी सात सिट क्षमता भएको गाडी हो । एसयुभी इभेन्टमा ‘सेभन सिटर’ एसयुभी फस्ट इन क्लास हो ।

यसको मूल्य विभिन्न भेरियन्टहरुमा ३९ लाख ९९ हजार रुपैयाँदेखि ५३ लाख रुपैयाँसम्म रहेको छ ।कम्पनीले यो गाडी ५ वटा भेरियन्टमा उपलब्ध गराएको छ । यसले म्यनुअलमा प्रतिलिटर १५.४ र अटोमेटिकमा १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । ५ भेरियन्टमा उपलब्ध बिआर-भी नेपालमा विभिन्न आकर्षक ६ कलरहरुमा उपलब्ध छ ।

इएमटी भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ भने एसएमटी भरियन्टको ४५ लाख रुपैयाँ पर्छ । यसैगरी भीएमटीको ४९ लाख, एक्सभी -एमटीको ५२ लाख २५ हजार र अटोमेटिकको मूल्य ५३ लाख रुपैयाँ तोकिएको छ ।

महिन्द्रा ‘केयुभी १००’

mahindra_kuv100पि्रमियम एसयुभी उत्पादनमा ख्याती कमाएको महिन्द्रा पहिलोपटक सानो आकारको एसयुभी ‘केयुभी १००’ बजारमा भित्रिएको हो । करिब ५ महिनाभित्र यो गाडी उपभोक्तामाझ लोकपि्रय भइसकेको छ । दी योङ एसयुभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहाने उपभोक्तालाई आकषिर्त गरेको छ ।

११९८ सीसीको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा रहेको यो कार नेपालमा आधिकारिक वितरक अग्नी इन्कर्पोरेट हो । माइलेजको कुरा गर्दा यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने कम्पनीको दाबी छ ।

केयुभी १०० क्रसओभर ह्याचब्याक कारजस्तो देखिन्छ । तर, यो मिनी एसयुभी गाडी भएको कम्पनी बताउँछ । केयुभी १०० विभिन्न ७ आकर्षक रङमा उपलब्ध छ । नेपाली बजारमा पेट्रोल इन्जिनमा ४ र डिजेल इन्जिनमा ३ भेरियन्टमा उपलब्ध छ ।

पेट्रोल इन्जिनको मूल्य २६ लाख ९५ हजारबाट सुरुभई फुलअप्सनको ३१ लाख ९५ हजार रहेको छ । यस्तै डिजेल इन्जिनमा ३१ लाख ४५ हजारबाट सुरु भइ फूलअप्सनको ३६ लाख ४५ हजार मूल्य तोकिएको छ ।

महिन्द्रा-टियूभी ३००
mahindra-tuv300
केही समयअघि नेपाल भित्रिएको टियूभी ३०० निकै लोकपि्रय बनिसकेको छ । यो कार १५ सय सीसीमा उपलब्ध रहेको छ । अग्नि इन्कर्पाेरेटका शोरुम मार्फत् नेपाली बजारमा उपलब्ध रहेको एसयूभीको ३६ लाख ९५ हजारबाट सुरुभई ४५ लाख ९५ हजार रुपैयाँसम्म पर्छ ।

कम्पनीले यो गाडीलाई नेपाली बाटो सुहाँउदो भएको दाबी गरेको छ । यसको माइलेज १८.४९ किलोमिटर प्रतिलिटर भएको कम्पनीले दाबी गरेको छ ।

भारतमा निकै लोकप्रियता पाएको महिन्द्राको यो नयाँ एसयूभी ‘टियूभी ३००’ सात सिटर गाडी हो ।

जसको मस्कुलिन फ्रन्ट फेसिया, बोल्ड लाइन्स चिजेल्ड सर्फेस, हाइ ग्राउन्ड क्लियरेन्स् तथा रियर-माउन्टेड स्पेयर व्हीलले एक ‘टुर्व ब्लयु सुभ को स्वरुप दिएको छ ।

यसमा बेज तथा प्रिमियम ब्ल्याकको डुअल टोन इन्टिरियर, आकर्षक हेक्सागन सेन्टर बेजेल, पियानो-ब्ल्याक सेन्टर फेसिया, टु-डिन अडियोसहितको इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ, यू.एस.बी., एयूएक्स्, तथा स्टीयरिङ-माउन्टेड अडियो तथा फोन कन्ट्रोल र स्पोर्टी ट्वीन-पड इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता आधुनिक फिचरसुविधा गाडीमा रहेको कम्पनीले जनाएको छ ।

हुण्डाईको टक्सन
TUSAN
हुण्डाईको टक्सन गाडीलाई नयाँ भर्सनमा लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले  नेपाल प्रवेश गराएको हो । यो एसयुभी कार पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध रहेको छ । नयाँ टक्सन कार ४ वटा भेरियन्टमा र दुई वटा इन्जिन अप्सन सुविधा रहेको छ ।

नेपाल प्रवेश भएको २ हजार सीसीका टुसअन गाडीहरु ग्राउन्ड क्लिरेन्स १ सय ७२ एमएम, ट्यांकी ६२ लिटर, लम्बाई ४ हजार ४ सय ७५, उचाई १ हजार ६ सय ५५ एमएम रहेको कम्पनीले जनाएको छ ।

जस्मा जीएलएस एमटी पेट्रोल गाडीको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ, जीएलएसएटी डिजल गाडीको मूल्य ९१ लाख ९६ हजार रुपैयाँ, जीएलएस एटी पेट्रोल गाडीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ र जीएलएस एटी डिजल गाडीको मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

साथै यो कार आधुनिक डिजाइनमा रहेकाले पनि चलाउन सहज हुने, रमाइलोका लागि आधुनिक म्युजिक स्टिमसमेत रहेको कम्पनीले दाबी गरेको छ ।

एमजी मोटर्स
MG-6
बेलायती कम्पनी एमजी मोटर्सले पहिलोपटक नेपालमा आफ्नो ब्रान्डकै सार्वजनिक गर्दै छ । मेलालाई अवसर बनाएर कम्पनीले दुई वटा नयाँ गाडी नेपाली बजारमा प्रवेश गराउने भएको छ ।

कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्राली रहेको छ । यसको शो-रुम बानेश्वरस्थित कृष्ण टावरमा रहेकेा छ ।

नाडा अटो शोमा कम्पनीले सार्वजनिक गर्न लागेको कार पि्रमियम ह्याचब्याक वेस दुई मोडल रहेको र गाडी उच्च सुरक्षायुक्त रहेको कम्पनीको दावी छ ।

एमजीले नाडा अटो-शोको अवसरमा एमजी थ्री र एमजी- सिक्सलाई उपभोक्तामाझ ल्याउनेछ । कम्पनीले सार्वजनिक गर्न लागेको १५ सय सीसी एमजी थ्री पेट्रोल कारको ३६ लाख ६० हजार रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै १८ सय सीसीको एमजी ६ पेट्रोल कारको मूल्य भने ५७ लाख ५० हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । यसको ट्याङ ६२ लिटरको रहेकेा कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment