Comments Add Comment

गगन थापाको घोषणाः उपचारका लागि राज्यबाट एक रुपैयाँ लिन्न !

'विशिष्टहरुलाई उपचार खर्च बाँड्ने प्रचलन रोक्नुपर्छ'

Gagan Thapa (3)

१३ भदौ, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले आफूलाई जति नै ठूलो रोग लागे पनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा गरेका छन् । मन्त्री थापाले अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता जनाएका छन् ।

कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो, तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नैपर्छ

विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट रकम लिएर उपचार गराउँदै आइरहेका बेला मन्त्री थापाले नयाँ सुधारको प्रण गरेका हुन् ।

यसअघि दलका नेताहरुलाई सरकारले नै निर्णय गरेर उपचार खर्च बाँड्ने गरेको छ । भर्खरै प्रचण्डकै नेतृत्वमा रहेको क्याबिनेटले समेत गगन थापा स्वास्थ्यमन्त्री नहुँदै पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरिसकेको छ ।

स्वास्थ्यमन्त्री थापाले पूर्वविशिष्ट अधिकारीहरुले विदेशमा उपचार गराउनु उनीहरुको अधिकार भए पनि राज्यले उनीहरुलाई त्यसरी उपचार खर्च दिनु सही नभएको बताए । उनले भने- ‘कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो, तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नैपर्छ ।’

भिडियो

मन्त्री थापाले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने बताए । नेपालकै अस्पतालमा राम्रो उपचार हुन सक्ने उनले तर्क गरे । आफूले छोरीको उपचार कान्ती अस्पतालमा गरेको उनले जानकारी दिए । आफूलाई ठूलै रोग लागेर बाहिर उपचार गराउनुपरे पनि आफ्नै खर्चमा गर्ने उनले प्रण गरे ।

मन्त्री थापाले आफू मन्त्री पदमा रहँदासम्म देखावटी काममा भन्दा पनि नीतिगत सुधारमा बढी काम गर्ने बताए । उनले भने- ‘तत्कालका लागि केही गरौं भनेर देखाउन अहिलेको समयले मलाई प्रेरित गरिरहेको अवस्था हो । तर, म त्यसबाट जोगिन चाहन्छु र सुधारका काममा केन्द्रित हुन चाहन्छु’ उनले भने ।

अनियमितता र बेथितिलाई मन्त्रालयमा ठाउँ नदिने उनले प्रंतिवद्धता जनाए ।

गोविन्द केसी र मनमोहन अस्पताल दुबैलाई सम्बोधन

मन्त्री थापाले डा.गोविन्द केसीको मागका सम्बन्धमा चिकित्सा शिक्षा ऐन सुधारका लागि मुख्य ठाउँ स्वास्थ्य मन्त्रालय नै भएकोले त्यसमा आफुले पहल गर्ने बताए । साथै उनले मनमोहन प्रतिष्ठानबारे अघिल्लो सरकारसित समझदारी भैसकेकाले यो विषयलाई लामो समयसम्म नाराखी यथाशीघ्र सल्टाउने बताए ।

मन्त्री थापाले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा संसदमा प्रस्ताव लग्ने साथीहरुमार्फत अघि बढ्ने उनले जानकारी दिए ।

स्वास्थ्यमन्त्री थापासँगको अन्तर्वार्ता

‘विशिष्टहरुलाई उपचार खर्च बाँड्ने प्रचलन रोक्नुपर्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment