Comments Add Comment

लड्ने वा आत्मसमर्पण गर्ने विन्दुमा माओवादीः बादल

'अब परिस्थिति प्रतिक्रियावादीले सोचेजस्तो हुँदैन'

Badal

१३ भदौ, काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन् ।

विदेशी दलालले देशभित्रैबाट दलाल खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासन सत्ता चलाउँदै आइरहेको भन्दै उनले त्यस्ता दलालहरुलाई परास्त गर्नुको विकल्प पार्टीसँग नरहेको बताए । सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामु राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने ? भन्ने विषय मुख्य चुनौती बनेर देखापरेको उनले बताए ।

राजधानीको संवाद डबलीमा सोमबार भएको कार्यक्रममा नेता बादलले माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धि सम्झौताको चाङ लागेको उनले बताए । उनले भने ‘यो सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सकिन्छ कि सकिँदैन ? पार्टीसामू ठूलो चुनौति आएको छ ।’

नेता बादलले जनयुद्धमा तत्कालीन शाही सेनालाई चुनौती दिँदै राजतन्त्र हटाउन सफल थुप्रै जनमुक्ति सेनालाई अयोग्यको संज्ञा दिएर समायोजनबाट बाहिर पठाएर राज्यले अपराध गरेको बताए ।

बहिर्गमित जनमुक्ति सेना क्रान्तिबाट आएको पूर्वजनसेना भएको र यो सामान्य सेना नभएको बताउँदै उनले भने, ‘अरु सेनाभन्दा क्रान्तिकारी सेना पृथक छन् । त्यही बुझेर माओवादी केन्द्र सडक, सदन र सरकारमा हात हालेको छ । अब परिस्थिति प्रतिक्रियावादीहरुले सोचेजस्तो हुँदैन ।’

बहिर्गमनमा पारिएका जनमुक्ति सेनाको अधिकार र उसले गर्ने संघर्षबारे पार्टीले सोचिसकेको उनले बताए । पूर्वजनमुक्ति सेनाले जनताको अधिकारको लागि पुनः संघर्षमा जानुपर्ने दिन टाढा नरहेको भन्दै पार्टीले यसबारे ठोस कार्यक्रम ल्याउन लागेको बताए ।

नेता बादलले काठमाडौं-तराई फाष्ट ट्रयाक, अपर कर्णाली र राष्ट्रिय सुरक्षामा विदेशी स्वार्थमा प्रस्तावहरु आइरहेको बताए । बादलले भने, ‘हाम्रो पार्टी राष्ट्रियता, जनअधिकार र जनजीविकाको मुद्दामा मनोगत र विचलित भएको कुरा साँचो हो । यस विषय जनताका शत्रु हुन् । यो अवस्था चिर्न पार्टीले सरकारको नेतृत्व गरेको हो । कसैले भर्‍याङ हालिदिएर पुगेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment