Comments Add Comment

एथ्लेटिको मड्रिडको खराव सुरुवात तर, विश्वास कायमै

Athletico-madrid

स्पेनिस ला लिगामा निराशाजनक सुरुवात गर्दै एथ्लेटिको मड्रिडले सुरुवाती दुई खेलमा २ अंक जोडेको छ । यद्यपी उनीहरु विश्वस्त छन् कि ला लिगाको शीर्ष ३ भित्र रहने र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने सामर्थ्य उनीहरुसँग छ ।

खेलाडी, कोचिङ स्टाफ र समर्थकलाई पनि एथ्लेटिकोको यो प्रदर्शनदेखि खुसी लागेको त छैन तर, उनीले लिगमा पुनरागमन गर्नेछन् भन्नेमा पनि विश्वस्त छन् ।

एन्टोइन् ग्रिजम्यानको उपस्थितिका बाबजुद पनि एथ्लेटिकोले आइतबार लेगानेसबिरुद्ध गोलरहित बराबरीमा चित्त बुझाउनुपर्‍यो । ‘हामी यस्तै खेल्दै गयौंभने रेलिगेसनबाट बच्न संघर्ष गर्नुपर्नेछ’ ग्रिजम्यानले भनेका छन् ।

उनको टिप्पणी सबै खेलाडीहरुको मनोबल उच्च बनाउनको लागि थियो, जो पछिल्लो प्रदर्शनबाट निराश थिए । तर, लामो सिजन भर्खरै सुरु भएको छ ।

एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले पनि ग्रिजम्यानको टिप्पणीप्रति सद्भाव राख्दै भनेका छन् कि हामीले राम्रो गर्ने प्रयार गरिरहनुपर्छ र पछिल्ला दुई खेलमा गरेको गल्ती दोहोर्‍याउनुहुन्न ।

ग्रिजम्यान बिस्तारै एथ्लेटिकोमा आफ्नो प्रभाव जमाउन प्रयासरत छन् । त्यसैले उनले टिममेटको पक्षमा टिप्पणी गरे । उनले जस्तो टिप्पणी गरे त्यो निक्कै जटिल क्षणमा थियो ।

एथ्लेटिकोका मिडफिल्डर अगुष्टो फर्नाण्डेज पनि यो कुरामा सहमत छन् कि क्लवले ला लिगामा गरेको सुरुवात न उनीहरुले चाहेका थिए न राम्रो गर्न नसक्ने नै थिए । तर फुटबलमा जे कुरापनि संभव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment