Comments Add Comment

प्रचण्डलाई मसालको प्रश्न- मोदीलाई लेखेको चिठी र संविधान संशोधनवीच के साइनो छ ?

Mohan-Bikram-Singh

१३ भदौ, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री प्रचण्ड आफ्नो अस्थित्वका लागि भारतको समर्थन प्राप्त गर्न प्रयत्नरत रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले हालै भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेको र सोही प्रतिवता पूरा गर्न संविधान संशोधन गर्न लागेको सिंहको आरोप छ ।

‘उनले -प्रचण्डले) मोदीलाई पठाएको पत्रमा जुन प्रकारको प्रतिवद्धता प्रकट गरेका थिए, संसदमा संशोधन विधेयक प्रस्तुत गर्ने कुरा गरेर आफ्नो प्रतिवद्धतालाई व्यवहारिक रूप दिने प्रयत्न त गर्दै छैनन् ?’ मसालका नेता सिंहले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री प्रचण्डद्वारा भारत भ्रमण गर्नुभन्दा पहिले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने भन्ने समाचारप्रति नेपाल कम्युनिष्ट पार्टी -मसाल) को गम्भीर ध्यान आकषिर्त भएको छ ।

महामन्त्री सिंहले आफ्नो वक्तव्यमा भनेका छन्- अहिले भारतीय विस्तारवाद र मधेशवादीहरूले संविधानमा जुन प्रकारको संशोधन गर्ने कुरामा जोड दिइरहेका छन्, संविधानमा त्यस प्रकारको कुनै पनि संशोधन गम्भीर प्रकारको राष्ट्रघात हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment