Comments Add Comment

‘प्रधानमन्त्रीज्यू, गाडी त खाल्टोमा परिसक्यो, त्यतिकै गियर चेन्ज गरेर हुँदैन’

Rabindra-Adhikari

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे ।

सत्तारुढ दलहरुबीच भएको कपाली तमसुकअनुसार सरकारको म्याद २२८ दिनमात्र बाँकी रहेको भन्दै उनले आफ्नो कार्यतालिका ल्याउन सरकारलाई आग्रहसमेत गरेका छन् ।

सरकार गठन भएको एक महिना भएको र प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले पूर्णता पाएसँगै अब गेयर चेन्ज गरेर गाडी दौडाउने अभिव्यक्ति दिएको भन्दै एमाले सांसद अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यू गियर चेन्ज गर्ने बेलामा गाडी त खाल्टोमा परिसकेको छ । यो अवस्थामा तपाईले त्यतिकै गियर चेन्ज गरेर गाडी हिँडाउन सक्नुहुन्न ।’

उनले अघि भने, ‘पहिला संविधान संशोधन हो कि कार्यान्वयन ? संविधानको कार्यान्वयनबाट मात्र लोकतन्त्र अगाडि जानसक्छ । हामी सफल हुन सक्छौं । सरकार सफल हुनसक्छ । सरकारले आफ्नो क्यालेण्डरअनुसार संविधान कार्यान्वयन अघि बढाओस् । हाम्रो दल सहयोग गर्न तयार छ । अन्यथा गाडी खाल्डोमा परिरहनेछ । जतिसुकै गियर चेन्ज गरेपनि अगाडि बढ्न सक्ने छैन ।’

बैठकमा संयुक्त जनमोर्चाकी सांसद मीना पुनले सरकारले कानून बनाउने काम अगाडि नबढाएसम्म स्थानीय तहको निर्वाचन हुन्छ भनेर पत्याउन नसकिने बताइन् ।

नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापामगरले भारतीय संस्था पतञ्जली योग केन्द्रले नेपालमा योग सिकाउने नाममा गुप्तचरीको काम गरिरहेको भन्दै पतञ्जली योग केन्द्रका गतिविधिको निगरानी गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment