Comments Add Comment

संविधान संशोधनमा एमालेले सघाउनुपर्छः पुन

Barshaman-Pun-Anant

१३ भदौ, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् । मधेसवादी दल र केही समुदायले सीमांकनको बिषयमा चित्त नबुझाएका भन्दै उनले यसलाई सम्बोधन गर्न संविधान संसोधन जरुरी रहेको बताए ।

सोमबार बुटबलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गरेर संविधानको कार्यान्वयनमा लाग्ने बताए । ‘संविधानको कार्यान्वयनका लागि मेजर पार्टी मिल्नैपर्छ,’ उनले भने, ‘त्यसको लागि एमालेले अहिले प्रतिपक्षमा बसेको भएपनि संविधान संशोधनमा सघाउनुपर्छ ।’

संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन मुख्य पार्टी जहाँ भएपनि मिल्नुपर्ने उनले बताए ।

नेता पुनले माओवादी अहिले स्थानीय तहको संरचनाबारे पार्टीमा छलफल अगाडि बढाएको बताए । स्थानीय तह ८ सयदेखि १ हजारको बिचमा बनाउन उपयुक्त हुने उनको धारणा थियो ।

पत्रकार सम्मेलनमा माओवादी नेता टोपबहादुर रायमाझीले ओली नेतृत्वको सरकार शुसासन, भूकम्प पीडितको मुद्दा, पुनर्निर्माण, संविधान कार्यान्वयन र मधेसका मुद्दामा चुकेको बताए ।

ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका रायमाझीले यसमा ओलीले उदासिनता देखाएका कारण सरकार परिवर्तन भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment