Comments Add Comment

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनावको मतगणना बिथोलियो

धाँधली भएको क्रान्तिकारीको दावी

MidWestern-Univeristy-Elect
मध्यपश्चिम विश्वविद्यालयमा आइतबार स्ववियु निर्वाचन भएको थियो

१३ भदौ, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको मतगणना विथोलिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निर्वाचनमा धाँधली भएको भन्दै मतगणना विथोलेको हो ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले निर्वाचनमा १४ सय ८० मत खसे पनि गणना गर्दा मतपेटिकाभित्र १५ सय ८० मत पाइएकाले गणना रोकिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘टोटल खसेको भन्दा एक सय बढी मत पाइएपछि थाहा भयो की चुनावमा धाँधली गरिएको छ । त्यसैले हामीले गणना अघि बढाउन दिएनौं ।’

मध्यपश्चिम विश्वविद्यालयमा आइतबार स्ववियु निर्वाचन भएको थियो । सोमबार अपरान्हसम्म मतगणना हुँदा नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच तिव्र प्रतिस्पर्धा भएको थियो । एमाले निकट अनेरास्ववियु तेस्रो स्थानमा थियो ।

निर्वाचन समितिका अनुसार प्रारम्भिक मतगणनामा नेविसंघको ४६०, अखिल क्रान्तिकारीको ४५० र अखिलको ३०० बढी मत प्राप्त भएका बेला गणना रोकिएको हो ।

क्रान्तिकारीका अनुसार निर्वाचनको अघिल्लो दिन मतदाता विद्यार्थीहरुको परिचय पत्र वितरण गरिन्छ र लिन नआएकाहरुको परिचय पत्रलाई सिलबन्दी गरेर राखिन्छ । त्यसअनुसार १५३ जना विद्यार्थीहरु परिचय पत्र लिन आएका थिएनन् । तर, निर्वाचनकै दिन सिल गरेर राखिएका परिचयपत्र समेत वितरण गरेको पाइएकाले चुनावमा धाँधली भएको पुष्टि हुने क्रान्तिकारीका सभापति पदका उम्मेदवार राजेन्द्र बुढाले बताए ।

क्रान्तिकारीले धाँधली छानविन गर्न माग गरेको छ । छानविन नभएसम्म मतगणना अघि बढाउन नदिने र अहिलेसम्मको परिणाम नस्वीकार्ने उसको अडान छ ।

‘एमाले निकटका उपकुलपति र काङ्ग्रेस निकटका रजिस्ट्रार मिलेर चरम धाँदली र अनियमितता गरेको पुष्टि भएको छ, ‘क्रान्तिकारीका प्रवक्ता बस्नेतले भने, ‘रजिस्ट्रारले हस्तक्षेप गरी बदर मतलाई पनि सदर गर्न दबाव दिएकाले हामीले बहिस्कार गरेका  छौं ।’

अहिले विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच छलफलको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment