Comments Add Comment

व्याग उद्योगको नाममा हुण्डीको कारोबार, एकैदिन ८ जना पक्राउ

१३ भदौ, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार प्युखा न्यूरोडस्थित विन्देश्वरी व्याग एण्ड रेडिमेट उद्योगमा छापा मार्‍यो । त्यसक्रममा व्याग उद्योगका नाममा भइरहेको अवैध रुपमा हुण्डी कारोबारको पर्दाफास भएको छ ।

Pakrauलगतै माई पाथिभरा ट्रेडर्समा पनि प्रहरीले छापा मार्‍यो । त्यहाँ त हुण्डीको कारोबार गर्न आउनेहरुको सानोतिनो भीड नै रहेछ । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एकैदिन ८ जनालाई पक्राउ गरेको छ र २ करोड ७२ लाख ३७ हजार ५ सय नेपाली र एक लाख भारु बरामद गरेको छ ।

प्रहरीको अपराध महाशाखाका अनुसार न्यूरोडस्थित अनु ट्रेडिङका सञ्चालक पवनकुमार अग्रवाल ६३ लाख ५० हजारसहित पक्राउ परेका छन् । उनी भारत राजस्थानका हुन् ।

यस्तै प्युखास्थित वन्देश्वरी व्याग एण्ड रेडिमेट उद्योगका मोहनमान श्रेष्ठ पक्राउ परेका छन् । उनका साथबाट १० लाख नेपाली, एक लाख भारु र विभिन्न बैंकको ४९ थान चेक बरामद भएको प्रहरीले बताएको छ । त्यहाँ कारोबार गर्न आएका नुवाकोटका कुमार राई १८ लाखसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झापा शनिअर्जुन नगरपालिका-९ घर भई माई पाथिभरा ट्रेडर्स सञ्चालन गरिरहेका निर्दोष प्रसाईं पनि पक्राउ परेका छन् । नाम निर्दोष भएपनि अवैध रुपमा हुण्डी कारोवारमा उनी संलग्न भएको प्रहरीको दाबी छ । उनको साथबाट १९ लाख १७ हजार ५०० र विभिन्न बैंकका १० थान चेक बरामद भएको छ ।

प्रहरीले माई पाथिभरा ट्रेडर्समा कारोबार गर्न आउने चार जनालाई पनि पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रविसेका राजन पौडेल ३२ लाख ५० हजार, रामेछाप पि्रतीका टलबहादुर तामाङ ११ लाख ५० हजार, झापा राजगढ ६ का अमित खरेल १२ लदाख र दमकका रोहित दुलाल ५ लाख १६ हजारसहित पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment