Comments Add Comment

डस्टर र क्वीड लिएर नेपाल आयो रेनल्ट

Renault Duster and Kwid (2)
१३ भदौ, काठमाडौं । फ्रान्सेली अटो कम्पनी रेनल्टले नेपालमा आफ्नो ब्राण्डलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच रेनल्टले २ वटा गाडी पनि सार्वजनिक गरेको छ ।

रेनल्टले इन्ट्री लेभलको ह्याचब्याक क्वीड र एसयुभी डस्टरलाई एकसाथ सार्वजनिक गरेको हो । दुबै कारले आफ्ना सेगमेन्टमा उत्कृष्ट उपस्थिति जनाउने अपेक्षा कम्पनीको छ ।

रेनल्ट गाडीलाई विशाल ग्रुप अन्तरगतको एड्भान्स अटोमोबाइल्स प्रालिले भित्राएको हो । गाडी सार्वजनिक गर्दै रेनल्ट समूहका भारतीय उपमहादेशीय प्रमुख कार्यकारी अधिकृत तथा सुमित सहनीले सार्क क्षेत्रमा रेनल्टको लोकपि्रयता बढ्ने क्रममा रहेको बताए ।

‘नेपाली बजरामा पनि हामी प्रवेश गरेका छौं । अब भारतीय उपमहाद्विपमा रेनल्टको बजार झनै बलियो हुनेछ,’ सहनीले भने,’गुणस्तरीय र उत्कृष्ट उत्पादनका कारण नेपाली उपभोक्तामाझ परिचित हुन हामीलाई कठिन हुनेछैन ।’

Renault Duster and Kwid (6)
कम्पनीले काठमाडौंको थापाथलीमा पहिलो शो-रुममार्फत विक्री सुरु गरेको छ । आगामी डिसेम्बरसम्म ६ वटा डिलर थप गर्ने लक्ष्य पनि लिइएको छ । कम्पनीले काठमाडौंमा एउटा वर्कसप खोलिसकेको छ भने अर्को वर्कसप पनि खुल्ने क्रममा रहेको जनाएको छ ।

कार्यक्रममा एड्भान्स अटोमोबाइल्स प्रालिका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवालले विश्वभरि चर्चित बनेको अटो ब्राण्ड रेनल्टलाई नेपाल भित्र्याउन पाएकोमा खुशी व्यक्त गरे ।

उनले कम्पनीले नेपाली अटो क्षेत्रमा प्रभाव छाड्नका लागि स्पष्ट रणनीतिका साथ काम गर्ने पनि बताए । अटो शोको पूर्वसन्ध्यामा सार्वजनिक भएका दुबै गाडीले पनि नेपाली ग्राहकको मन जित्ने उनको विश्वास छ ।

कस्तो छ क्वीड ?

Renault Kwid (1)
‘रेनल्ट क्वीड’ इन्ट्री लेभलको ८ सय सीसी क्षमताको ह्याचब्याक कार हो । स्पोर्टी लुक्सको क्वीडले यसअघि नै बजारमा कब्जा जमाएका कारहरुको बीच भिन्न पहिचान छाड्न सक्छ ।

आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकषिर्त बनाएको छ ।

Renault Kwid (4)
इन्ट्री लेभलको कारक्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ ।

युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ ।

रेनल्ट डस्टरको मूल्य १६ लाख ८९ हजार ९९० रुपैयाँ भन्दा माथि छ ।

यस्ता छन् डस्टरका विशेषता

Renault Duster and Kwid (5)
रेनल्टको ‘डस्टर’ नेपाली बजारमा उत्रिएको नयाँ एसयुभी हो । यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ ।

यसमा ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह््वील लगायत स्पेश फिचर्सहरु छन् ।

यसैगरी अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट गि्रल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता पनि यसमा छन् ।

Renault Duster
डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ । यो विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । डस्टर पेट्रोल भर्सन २ र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छन् ।

यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरु रहेको कम्पनीको दावी छ । यसको प्रारम्भिक मूल्य ३५ लाख ३३ हजार ९९० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment