Comments Add Comment

आयल निगम र खाद्य संस्थान बजेटविहीन, निगमले बाढ्यो बजेट पास नगरि तलब

१३ भदौ, काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्न लाग्दासमेत आपूर्ति मन्त्रालयअन्तर्गका दुई वटा मुख्य सार्वजनिक संस्थान नेपाल आयल निगम र नेपाल खाद्य संस्थान बजेटबिहीन भएका छन् ।

Nepal-Oil-Corporationदुई संस्थानका प्रमुखको अक्षताका कारण डेढ महिनासम्म बजेट सञ्चालक समितिसम्म नपुगेको आपूर्ति मन्त्रालयले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

‘संस्थानका दुई प्रमुख मन्त्रालयप्रति जिम्मेवार नै भएनन्, आपूर्ति मन्त्रालयल स्रोतले भन्यो,’निर्देशन दिँदा पनि पालना गर्दैनन्, निगमले बजेट पास नगरी साउनको पारिश्रमिक कर्मचारीलाई दिएको छ ।’
आपूर्ति सचिव श्रीधर सापकोटा र नेपाल आयाल निगमका प्रवन्ध निर्दैशक गोपालबहादुर खड्काबीच ग्यास बुलेट खरिद प्रक्रियामा विवाद भएपछि बजेट पास हुन सकेको छैन ।

बजेट निगमका सञ्चालक समितिबाट पारित गरेर कार्यान्वयन गर्नुपर्छ । तर, सञ्चालक समितको बैंठकसमेत बस्न सकेको छैन ।  समितिका अध्यक्ष आपूर्ति सचिव सापकोटा र सदस्य सचिव खड्का हुन् ।

बजेट नभए डिपो क्षमता विस्तारको काम ढिलाई हुनका साथै पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment