Comments Add Comment

उपत्यकामा दैनिक गुड्छन् दैनिक ६ लाख गाडी

मुलुकभर २३ लाख २७ हजार सवारीसाधन दर्ता

१३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् ।

Micro Bus at Kathmanuयातायात व्यवस्था विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता छन् । तीमध्ये अधिकांश उपत्यकाभित्रै चल्छन् ।

विभागका अनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गरेको विभागको अनुमान रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता वसन्त अधिकारीले उपत्यकामा दैनिक पाँच लाखभन्दा धेरैको संख्यामा साना–ठूला यातायातका साधन गुड्ने गरेको बताए ।

विभागको तथ्यांकअनुसार मुलुकभर २३ लाख २७ हजार ६ सय १६ सवारीसाधन दर्ता छन् । त्यसमध्ये ७० प्रतिशत सवारीसाधन सञ्चालनमा छन् । बाँकी ३० प्रतिशत भने बिग्रिएर थन्किएका छन् ।

दर्ता भएकामध्ये ३९.६५ प्रतिशत सवारीसाधन बागमती अञ्चलमा दर्ता भएका छन् । यो भनेको नौ लाख २२ हजार नौ सय हो । बागमती अञ्चलबाहेक मात्रै झन्डै ६० प्रतिशत सवारीसाधन दर्ता भएका छन् । यो भनेको १४ लाख चार हजार सात सय १६ हो ।

विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ । बागमती अञ्चलमा मात्रै सात लाख २२,७२२ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment