Comments Add Comment

जापानका विदेश राज्यमन्त्री नेपाल आउँदै

१४ भदौ, काठमाडौं । जापानका विदेश राज्यमन्त्री नोबुओ किसी तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।

Nobuo KISHI1नेपाल र जापानबीच कूटनीतिक सम्वन्ध स्थापना भएको ६० औं वर्षगाठका अवसरमा हुने कार्यक्रममा सहभागी हुन विदेशराज्यमन्त्री नेपाल आउन लागेका हुन् ।

उनी आज काठमाडौं आउनेछन् । र,  पर्सी बिहीबार हुने कार्यक्रममा भाग लिने काठमाडौंस्थित जापानी दूताबासले जनाएको छ ।

नेपाल बसाईका क्रममा उनले उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment