Comments Add Comment

योगाले बचाउँछ क्यान्सरबाट

yogaभारतीय शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले क्यान्सर जस्ता असाध्य रोगहरुको रोकथामका लागि योगा गर्नु निकै लाभदायक हुने तथ्य पत्ता लगाएको छ ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको मेडिकल रिचर्स विभागका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् ।

शोधकर्ताहरुका अनुसार लगातार योगा गर्नाले शरीरमा यस्तो रसायनको निर्माण हुन्छ जसले क्यान्सर बनाउने कोशिकाहरुमा दबाब सिर्जना गर्दछ ।

यस क्रममा शोधकर्ताहरुले डेढ सय जना क्यान्सर रोगीमा अध्ययन गरेका थिए । उनीहरुलाई लगातार तीन महिनासम्म प्राणायाम, सुदर्शन क्रिया तथा ध्यान गराइएको थियो ।

तीन महिनापछि उनीहरुको रगत परीक्षण गरियो, जसबाट निकै महत्वपूर्ण नतिजा फेला पर्यो । रक्त परीक्षणका क्रममा क्यान्सर रोगीको शरीरमा कार्टिसो लेभल कम पाइयो र विश्व स्वास्थ्य संगठनको सूचकका आधारमा ती सबै क्यान्सर रोगीको जिवन गुणस्तरमा पनि सुधार भएको पाइयो ।

क्यान्सर विशेषज्ञका अनुसार प्रायः क्यान्सरको तेश्रो तथा चौथो स्तरमा विरामीलाई असह्य पीडा हुन्छ । यस्तोमा विरामीलाई मफिर्न औषधि दिइन्छ, ता की उनीहरुको दुखाई कम होस् । योगा गर्ने क्यान्सर रोगीमा दुखाई सहने क्षमतामा उल्लेखनीय बढोत्तरी भएको पाइएको शोधकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment