Comments Add Comment

अमेरिकी सहरको मेयरमा तेश्रोपटक पनि कुकुर निर्वाचित

dog-mayorसुन्दैमा अनौठो र अपत्यरिलो । अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो ।

विश्वको तेश्रो धेरै जनसंख्या भएको देशमा मान्छे नै नपुगेर वा मान्छेको क्षमता नभएर कुकुरलाई मेयर बनाइएको त पक्कै होइन होला । आखिर किन पछिल्लो तिन कार्यकाल लगातार उक्त सहरमा एउटै कुकुर मेयर पदमा निर्वाचित भैरहेको छ त ?

हृो, अमेरिकाको मिनिसोटा राज्यमा पर्ने सानो सहर कोर्मोरेन्टमा नौ वर्षे ड्युक नामक कुकुर लगातार तेश्रो पटक पनि मेयर बनेको छ ।

अमेरिकामा सबैभन्दा धेरै जनसमर्थन पाउने नेतामध्येमा पर्छ रे यो कुकुर मेयर । जनता यो कुकुरले समुदायप्रति गरेको कामका लागि नतमस्तक छन् र यो कुकुरको विरुद्धमा चुनाव उठ्ने हिम्मत कसले गर्ने ?

रोचक त के भने यो कुकुरकोे विरुद्धमा उसकै गर्लफ्रेण्ड लेजी भन्ने कुकुर चुनावी मैदानमा उत्रिएकी थिई । तर लेजीलाई जम्मा एक भोट मात्र पर्यो भने विजेता ड्युकले सहरबासीका अरु सबै भोट प्राप्त गर्यो, ड्युकका मालिक डेभिड रिकले बताए ।

सन् २०१४ मा पहिलोपटक सहरको मेयर जितेर सपथ खाँदादेखि ड्युक ठूलै सेलिब्रेटीको रुपमा स्थापित भएको हो । मेयरको सपथ खाँदा उसले बाइबलमा पञ्जा राखेको घटना निकै चर्चित बनेको थियो ।

सपथ समारोहमा नवनिर्वाचित मेयर ड्युकलाई कोर्मोरेन्ट सहर परिषदका अध्यक्ष स्टिभ सोरेसनले बधाइ दिँदै भनेका थिएः तिमीले सेवाको महान अवसर प्राप्त गर्दैछौ जसले तिम्रो भव्य व्यक्तिगत तथा व्यवसायिक विकास पनि गर्नेछ । यदि तिमी यो चुनौतिलाई स्विकार्छौ भने कृपया कि त पुच्छर हल्लाउ, कि त जिब्रो निकाल ।

साँच्ची, यसरी अह्राउँदा ड्युक ले के गर्यो होला । स्वभाविक रुपमा उसले जिब्रोे निकाल्यो, अरु कुकुरले जस्तै । अनि उसले मेयर पदको जिम्मेवारी सम्हाल्न राजी भएको भनी ताली ठोकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment