Comments Add Comment

नाडा अटो-शो आजदेखि सुरु

Nada Auto Show (9)
फाइल फोटो

१४ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा आज (मंगलबार) देखि नाडा अटो-शो सुरु भएको छ ।  काठमाडौंको भृकुटीमण्डपमा हुने आटो मेला भदौ १९ गतेसम्म चल्ने छ । अटो शोमा ३६ वटा ब्राण्डका सवारी साधन राखिएको छ ।

नाडाका अटो शो संयोजक शम्भुप्रसाद दाहालले १६ वटा ब्राण्डका चार पांग्रे, १५ वटा ब्राण्डका दुई पांग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको जानकारी दिए ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेन्टसका पनि स्टल राखिएको छ ।

नाडाले दशैं आउनु एक महिना अगाडि गर्न लागिएको अटो-शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिनेछ भने खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने कम्पनीहरुले बताएका छन् ।

७४ वटा संस्थाका १ सय २५ वटा स्टल रहने प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । मेलमा झण्डै २ सय करोड बराबरको कारोबार हुने नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरुको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पाङग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा-छुट्टै ठाँउहरू निर्धारण गरिएको छ । मेलामार्फत केही नयाँ भेहिकल ब्राण्डहरु नेपालमा सार्वजनिक हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment