Comments Add Comment

ट्याक्टरबाट खस्दा एकको मृत्यु

१४ भदौ, इनरुवा । मलामी बोकेर जाँदै गरेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

Tactor-Accident
फाइल फोटो

मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रामधुनीभासी नगरपालिका–१ बाट बराहक्षेत्र–६ तेह्रआरडीस्थित खोलामा शव जलाउन जाँदै गरेको १ त ६२५० नम्बरको ट्याक्टरबाट खसेर सोमबार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक चौधरीको शव परीक्षण गरी परिवारजनलाई जिम्मा लगाइएको छ भने ट्याक्टर र ट्याक्टर चालक इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment