Comments Add Comment

अमेरिका पुगेपछि प्रेममा परिन् विनिता, स्याङ्जाका तिलक हुन् प्रेमी

bennita baral and tilak paudel

नायिका विनिता बरालले आफू अहिले प्रेममा रहेको जानकारी दिएकी छिन् । अनलाइनखबरसँग अमेरिकाबाट कुरा गर्दै नायिका बरालले आफू स्याङ्जाका तिलक पौडेलसँग प्रेममा रहेको बताएकी हुन् ।

विनिताले आफूहरु प्रेममा भर्खरै जोडिएको बताइन् । विनिताले भनिन्-‘उहाँ अहिले पीएचडी गर्दै हुनुहुन्छ । अझै २ बर्ष उहाँको पीएचडी सकिन बाँकी छ । हामी अर्को बर्ष बिहेको तयारीमा छौ ।’

३ महिनादेखि यी दुइविच प्रेम सम्बन्ध गाँसिएको हो । विनिताले भनिन्-‘म ‘जुइनो’ विमोचन गर्न नेपाल आएपछि हामीविच कुरा हुन थालेको हो । दुबै जनाले दुबैको सबै कुरा वुझेपछि प्रेम यात्रा थालनी गरेका हौ ।’

दुबै जनाले दुबैको परिवारसँग कुरा पनि गरिसकेका छन् । विनिता अमेरिकाको एटलान्टा शहरमा बस्छिन् भने तिलक ओहायो शहरमा बस्छन् । विनिताले आफू नेपालबाट फर्किएपछि ओहायो पुगेको बताइन् । उनले आफू २ दिन अगाडि मात्र ओहायोबाट एटलान्टा फर्किएको जानकारी दिइन् ।

अर्को बर्षको जुलाइमा दुबैले बिहे गर्ने तयारी गरेका छन् । विनिताले हाँस्दै भनिन्-‘हाम्रो एरेन्ज लभ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment