Comments Add Comment

२ लाख भूकम्प पीडितले पहिलो किस्ता रकम पाए

Sushil-Gewali-and-Rabindra-
विकास समितिको बैठकमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकित सुशील ज्ञवालीलगायत । तस्वीर: रासस

१४ भदौ, काठमाडौं । दुई लाख भूकम्प पीडितले घर निर्माणका लागि सरकारले दिने अनुदानको पहिलो किस्ता ५० हजार रकम पाएका छन् ।

मंगलबार संसदको विकास समितिको बैठकमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ १३ गतेसम्म २ लाख ४ सय ७२ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार जम्मा भइसकेको बताए ।

उनका अनुसार यो रकम १० अर्ब २ करोड ३६ लाख छ । सम्झौता भइसकेकाहरुको बैंक खातामा रकम जम्मा हुने क्रम जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment