Comments Add Comment

‘वृन्दावन’ प्रचारका लागि तीज कार्यक्रम, शिल्पाले धोका दिएको निर्देशकको आरोप

brindaban teej pgm
आउँदो भदौ १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘वृन्दावन’को निर्माणपक्षले ‘तीज विशेष कार्यक्रम’को आयोजना गरेको छ । सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा चलचित्रका निर्माता, निर्देशकका साथमा कलाकारहरु सहभागी भएका थिए । कार्यक्रम हेर्नका लागि सभा गृहको हलमा दर्शक खचाखच उपस्थित थिए ।

कार्यक्रममा चलचित्रको ट्रेलर, गीत पनि प्रस्तुत गरियो । साथमा चलचित्रको गीतमा उपस्थित दर्शकले नृत्य समेत गरेका थिए । चलचित्रका सह-निर्माता कमल जीसीले ‘वृन्दावन’ उत्कृष्ट चलचित्र बनेको भन्दै सबै दर्शकलाई मनपर्ने बताए । निर्माता रुद्र खनालले नारीको कथामा चलचित्र बनेकाले तीजमा कोशेली स्वरुप प्रदर्शन गर्न लागिएको बताए ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकार शिल्पा पोख्रेल र किशोर खतिवडा उपस्थित भएनन् । शिल्पाले आउँछु भनेर पनि कार्यक्रममा सहभागीता नजनाएपछि निर्देशक राजबहादुर साने केही आक्रोशित देखिएका छन् । उनले आफूहरु नयाँ निर्माता र मेकर भएकाले नायिका र नायकले वेवास्ता गरेको गुनासो पोखे । शिल्पा आउने खबर पाएकाले सभा गृह पुगेका पत्रकारहरु पनि नायिका नआएपछि फर्किएका थिए ।

रिभेन्ज स्टोरीमा निर्माण भएको यो चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । यो चलचित्र हेर्न अब १६ बर्ष तलका बालबालिकाले बाबु आमालाई साथै लैजानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment