Comments Add Comment

सरकारलाई विकास समितिको निर्देशनः पुनर्निर्माणमा खटिएका कर्मचारीलाई भत्ता दिनु

Bikash-Samiti

१४ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुनर्निर्माणमा खटिएका कर्मचारीहरुलाई भत्ता दिन निर्देशन दिएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसँगको छलफपछि विकास समितिले भत्ता, सेवासुविधा, सहुलियत जस्ता कारणले प्राधिकरणले माग गरे बमोजिमको जनशत्ति अझैसम्म उपलब्ध हुन नसकेको देखिएको बताएको छ । यसबारे १५ दिनभित्र सम्बोधन गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

साथै पुनर्निर्माणमा खटिएका प्राविधिक जनशक्तिलाई प्रोत्साहित गर्न कार्यसम्पादन तथा भौगोलिक अवस्थाका आधारमा केही सुविधा -भत्ता, विमा, मौदि्रक तथा गैरमौदि्रक प्रोत्साहन आदि) को व्यवस्था गर्न-गराउन सरकारलाई भनेको छ ।

विकास समितिले भूकम्प पीडितलाई दिइने अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ १५ दिनभित्र पीडितसमक्ष पुर्‍याउन भनेको छ । साथै जनगुनासाहरुलाई यथार्थ परक भई ३० दिनभित्र फछ्र्यौट गरिसक्नर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकामा समेत भूकम्प प्रभावित सर्वेक्षणको लगत संकलन अझै हुननसकेको भन्दै समितिले दशैं अगावै काम सक्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment