Comments Add Comment

प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागमा नराख्नुः अर्थमन्त्री

Krishna Mahara (3)

१४ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कम्प्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागबाट अन्यत्र सरुवा गर्न निर्देशन दिएका छन् ।

महरा मंगलबार भन्सार विभागको निरीक्षणमा गएका थिए । त्यसक्रममा उनले कार्यक्षमता बढाउन भन्सार विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

अहिलेको काम गराइले राजस्वको लक्ष्य पूरा नहुने भन्दै उनले भन्सार प्रशासनमा सुधारका लागि ‘ब्रेक थ्रु’ आवश्यक रहेको बताए । उनले भन्सारका कर्मचारी घुस्याहा हुन्छन् भन्ने प्रचार रहेको भन्दै त्यसलाई चिर्नका लागि पारदर्शिता प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले कम्प्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभाग र मातहतका कार्यालयबाट अन्यत्रै सरुवा गर्ने व्यवस्था मिलाउन विभागका महानिर्देशक शिशिर ढुंगानालाई निर्देशन दिएका छन् । विभागअन्तर्गत अहिले अधिकृतस्तरका २ सय ३९ जना तथा सहायकस्तरका ५ सय २४ जना कर्मचारी छन् ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले राजस्व प्रशासनमा सुधारका लागि चालिएका प्रयासबारे जानकारी गराएका छन् । खासगरी लत्ता कपडा, मसला लगायतका केही बस्तुको चोरी पैठारी उच्च रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरुको बैठक आवश्यक रहेको उनले बताए ।

भन्सार विभाग मातहत ३१ वटा मुख्य भन्सार र १ सय ४३ वटा छोटी भन्सार छन् । छोटी भन्सारमध्ये ९३ वटा भने बन्द अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment