Comments Add Comment

प्रधानमन्त्रीले मागे वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने कार्ययोजना

मिलेर काम गर्न परराष्ट्र र श्रममन्त्रीलाई निर्देशन

Ministers-of-Nepal

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । नेपाली नागरिकलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउनुपर्ने उनले बताए ।

सरोकारवाला मन्त्री र मन्त्रालयका सचिवहरुलाई मंगलबार प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मिलेर काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानको पहल गर्न यसअघि नै मैले मन्त्रालयलाई भनेको हुँ । अब बैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ । यसमा परराष्ट्र र श्रम मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस् ।’

वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्याका साथै यसलाई व्यवस्थित बनाउनेबारे बि्रफिङ सुनेपछि प्रधानमन्त्रीले परराष्ट्र र श्रम मन्त्रालयलाई उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रममन्त्री सूर्यमान गुरुङ, सञ्चारमन्त्री सुरेन्द्र कार्की तथा मुख्य सचिवसमेतको उपस्थिति रहेको सो बैठकमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका समस्या, कारण, उद्धार संयन्त्र, प्रकृया र नीतिगत समस्याबारे बिस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment