Comments Add Comment

पत्रकार अधिकारी सम्मानित

Samman

नयाँ दिल्ली । चार्टर्ड एकाउन्टेन्टसम्बन्धी रिपोर्टिङ गर्दै आएका पत्रकार ऋषिराम अधिकारी नयाँ दिल्लीमा सम्मानित भएका छन् । सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थीसम्बन्धी समाचार सम्प्रेषण गरेवापत उनलाई सिए विद्यार्थीको संगठन हातेमालो नेपाली विद्यार्थी समूहले सम्मान गरेको हो ।

चार  वर्षदेखि सिए सम्बन्धी पत्रकारिता गरिरहेका उनी सिए सरोकारबारे केन्द्रित टेलिभिजन, रेडियो र अनलाइनमा कार्यरत छन् ।

सिए सम्बन्धी समाचार लेख्ने उनी आफैं पनि सिए फाइनलमा अध्ययनरत छन् । अर्थ सरोकारका प्रबन्ध सम्पादक रहेका अधिकारी नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव समेत हुन् ।

हातेमालोका नवनिर्वाचित अध्यक्ष सरोज सापकोटाले यहाँका गतिविधिलाई सिए सरोकारमार्फत सबै विद्यार्थी र नेपालसम्म पुर्‍याउन पत्रकार अधिकारीले पुलको काम गरेको भन्दै सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment