Comments Add Comment

भृकुटीमण्डपमा यस्तो छ अटो मेलाको रौनक (फोटो फिचरसहित)

NADA Auto Show (20)

१४ भदौं, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नाडा अटो-शो सुरु भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएशनको आयोजनामा अटो मेला भएको हो ।

विभिन्न ३६ वटा ब्राण्डले सहभागिता जनाएको मेलाको उदघाटन अर्थमन्त्री कृष्णबहादुर महराले गरेका छन् । विभिन्न चार पांग्रे, दुई पांग्रे र व्यवसायिक सवारी उत्पादक तथा वितरक कम्पनीहरुले मेलामा आफ्नो उत्पादनको प्रवर्द्धन गरिरहेका छन् ।

 

NADA-Auto-Show-2016-Tiago

दशैंतिहारको अवसरमा गाडी किन्ने योजनामा रहेकाहरुको मेलामा बाक्लो उपस्थिति छ । यस्तै आगामी दिनमा सवारी किन्ने योजना बनाउनेहरु पनि मेलाको अवलोकनका लागि पुगेका छन् ।

मेलाको अवसरमा नेपाल भित्रिएका नयाँ ब्राण्ड रेनल्टसहित विभिन्न कम्पनीले आफ्नो उत्पादनबारे नेपाली ग्राहकलाई विश्वस्त पार्ने कोसिस गरिरहेका छन् । मेलाले विशेषगरी युवा पुस्तालाई आकषिर्त गरेको देखिन्छ । विभिन्न कम्पनीले मेला तथा दशैंतिहारका लागि विभिन्न छुट, नगद पुरस्कार र उपहार योजना ल्याएका छन् ।

NADA Auto Show (18)

त्यसैले पनि मेलालाई अवसरका रुपमा सदुपयोग गर्दै सवारीबारे जानकारी लिने र बुकिङ गर्नेहहरु भृकुटीमण्डपमा पुगेका छन् । एउटै थलोमा नेपालमा उपलब्ध अधिाकंश ब्राण्डहरुले आफ्नो उत्पादनबारे जानकारी दिइरहेकाले नयाँ सवारी किन्नेहरुलाई ‘कम्पेयर’ गरेर सवारी किन्न सजिलो छ ।

NADA-Auto-Show-2016-Toyota

मेलामा पेसेन्जर भेहिकलमा मात्र नभएर कमर्सियल भहिकलहरुबारे जानकारी लिनहरुको पनि बाक्लो उपस्थिति देखिन्छ । मेलामा गाडी हेर्ने, छान्ने, बुकिङ गर्नेहरुको ठूलो भीड छ । आयोजक अटोेमोबाइल डिलर्स एसोशिएशनका अध्यक्ष अञ्जन श्रेष्ठ यो सवारी विक्रेता र क्रेताहरुको कुम्भ मेला नभएको बताउँछन् । एउटै थलोमा सवारीहरु दाँजेर किन्न पाइने भएकाले ग्राहकलाई ‘कन्फ्युजन’ नहुने उनको भनाइ छ ।

NADA Auto Show (17)

आटो शोमा टाटा, मारुती-सुजुकी, डाट्सन, फियाट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान रेनल्ट, स्कोडा, सुजुकी, टाटा टोयोटा, भक्सवागन, स्याङयोगलगायत कम्पनीका गाडी मेलामा राखिएका छन् ।

NADA Auto Show (13)

बजाज, बेला, बेनली, हिरो, होण्डा केटीएम, महिन्द्रा, रोयल, इन्फिल्ड, रनर, स्कोमाडी, सुजुकी, टीभीएस, युएम, भेस्पा, यामा लगायतका कम्पनीका दुई पांग्रे सवारी पनि मेलामा छन् । अशोक ले-ल्याण्ड, आयसर, टाटा लगायतका कम्पनीका व्यवसायीक सवारी पनि मेलामा छन् ।

NADA Auto Show (2)

NADA Auto Show (4)

NADA Auto Show (9)

NADA Auto Show (7)

NADA Auto Show (5)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment