Comments Add Comment

‘अस्थायी शिक्षकका माग सरकारले पूरा गरोस्’

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद रामकृष्ण यादवले अस्थायी शिक्षकका मागहरू सम्बोधन हुनुपर्ने बताएका छन् ।

Asthai-Teacherमंगलबार रिपोटर्स क्लब नेपालले अस्थायी शिक्षकको समस्या र समाधानको उपायहरुबारे आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले अस्थायी शिक्षकका मागहरूको बारेमा नेपाली कांग्रेसभित्र पनि गम्भिर छलफल गर्ने बताएका छन् ।

उनले अघि थपे, ‘राज्यमा अनेक परिवर्तन भएपनि अस्थायी शिक्षकको स्थिति ज्यूकातिउँ छन्, यसलाई सुधार गर्नुपर्छ, हाम्रो पार्टीले पहल गर्छ ।’

कार्यक्रममा अखिल नेपाल शिक्षक संघका अध्यक्ष लालबहादुर बिसीले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले सरकारसँग गरेका सम्झौताहरु यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने बताए ।

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुँवरले कम्तिमा पनि ६ वर्ष अस्थायी सेवा गरेका अस्थायी शिक्षक भएको कारणले सम्पूर्ण अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकवीच प्रतियोगिता गरी स्थायी गरिनुपर्ने माग गरे ।

कुँवरले अघि भने, ‘यो प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरुलाई २०६१ सालको प्रतिवेदन अनुसार उपदान र औषधि उपचार खर्च बराबरको रकम दिइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment