Comments Add Comment

पर्वतमा विद्युत महसुल नबुझाउने २६ ग्राहकको लाइन काटियो

१४ भदौ, पर्वत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्वतले २६ जना ग्राहकको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले वर्षौंदेखि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।

No-Lightसदरमुकाम कुश्मासहित फलेवास, पातिचौर, लुङखु लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका आय प्रमुख शम्भु सापकोटाले जानकारी दिए ।

उनका अनुसार महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काट्न अहिले जिल्लाभर नै कर्मचारी परिचालन गरिएको छ ।

प्राधिकरणको पर्वत वितरण केन्द्रका अनुसार ३० लाखभन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी छ । त्यसमध्ये ७ लाख ३६ हजार ३ सय ५ रुपैयाँ बक्यौता रकम उठिसकेको छ ।

विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय र अस्पतालहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment