Comments Add Comment

भैरहवामा बस चालकलाई दिइयो ट्राफिक सचेतना प्रशिक्षण

Bhairawa-Traffic-training

१४ भदौ, भैरहवा । रुपन्देहीको भैरहवामा बसका चालकहरुलाई ट्राफिक जनचेतना, दुर्घटना न्युनीकरण र लागुपदार्थ दुव्र्यसनी तथा नियन्त्रण विषयमा चेतनामुलक प्रशिक्षण दिइएको छ ।

मंगलबार सिद्धार्थ यातायात बस व्यवसायी समिति सिद्धार्थनगरमा आवद्ध बसका चालकहरुलाई सिद्धार्थ यातायात बस व्यवसायी समिति सिद्धार्थनगरको आयोजना र अञ्चल प्रहरी कार्यालय लुम्बिनीको सहयोगमा बसका चालकहरुलाई प्रशिक्षण दिइएको हो ।

अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले बसका चालकहरुलाई लागुऔषधको विषयमा प्रशिक्षण दिँदै खुल्ला सीमा नाकाका कारण रुपन्देहीले जिल्लामा लागुपदार्थ दुव्र्यसनी र ओसारपसारको अवस्था डरलाग्दो रहेकोले लागुऔषधको दुव्र्यसनबाट टाढा रहन र समाजलाई पनि लागुऔषधदेखि टाढा राख्नमा यातायात व्यवसायी र चालक लगायत सबैले भुमिका खेल्नु पर्ने आवश्यकता रहेको बताए ।

लागुऔषध सेवन गरेर सवारी चलाउने दुर्घटना कारण रहेकोले लागुऔषध सेवन नगरी सवारी चलाउन आग्रह गरे ।

लागुऔषध सेवनको बेफाइदाहरुको विषयमा उल्लेख गर्दै एसएसपी बस्नेतले भने, ‘लागुऔषधको सेवनले तपाईको मात्र जीवन समाप्त हुदैन तपाईंहरुसँग कयौं मानिसको भविश्य जोडिएको हुन्छ । त्यसैले यसलाई आफ्नो र अरुको जीवनबाट टाढा राख्ने प्रयास गर्नुस ।’

लागुऔषधको पहिलो कुलत सुर्तिजन्य पदार्थ नै भएको बताउँदै उनले सुर्तिजन्य पदार्थबाटै टाढा रहन आग्रह गरे ।

उनले लागुऔषध ओसरपसार तथा दुव्र्यसनी नियन्त्रणमा प्रहरीले एकल केही गर्न नसक्ने बताउँदै यसको नियन्त्रणका लागि सबै साथ आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा सिद्धार्थ यातायात बस व्यवसायी समितीका अध्यक्ष सूर्यकुमार सारु मगरले ट्राफिक र लागुपादर्थको प्रशिक्षण लगायत कार्यक्रमहरुलाई समितिले निरन्तरता दिने बताउँदै लागुऔषध नियन्त्रणका लागि सबैको साथ आवश्यक रहेको सबैको हातेमालो नै लागुऔषध दुव्र्यसनी मुक्त समाज बनाउन सकिने बताए ।

उनले भैरहवा नाकाबाट मुलुकमा लागुऔषध भित्रिन नदिनका लागि चालकहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै कार्यक्रममा चालकहरुलाई ट्राफिक जनचेतना, दुर्घटना न्युनिकरण सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रहरी साहयक निरीक्षक पृथ्वी काफ्ले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment