Comments Add Comment

द्विविधामा नपर्नुस् यो गाडीहरुकै प्रदर्शनी हो

NADA Auto Show (16)

१४ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा राखिएका स्टलहरुको भ्रमण गर्दा एउटा प्रश्न उब्जिन्छ- प्रदर्शनी गाडीहरुको हो कि युवतीको ? तर, यसमा द्विविधा मान्नु पर्दैन । किनकी प्रदर्शनी गाडीहरुकै भए पनि अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनिहरुले सुन्दर युवतीहरुलाई पनि सँगै राखेका हुन् ।

NADA Auto Show (8)

कुनै पनि उत्पादनहरु सार्बजनिक गर्दा युवतीहरुमार्फत् गराउनु विश्वव्यापी प्रचलन जस्तै बनेको छ । विदेशीहरुको अनुसरण गर्दै नेपालमा पनि युवतीहरुमार्फत् गाडी, मोबाइल र कम्प्युटर सार्बजनिक गर्ने गरिएको छ ।

नाडा अटो शोमा बिभिन्न ३६ ब्राण्डका सवारी साधनहरुका स्टल छन् र त्यहाँका सबैजसो स्टलहरुमा छोटा पहिरनमा सजिएका युवतीहरु छन् । धेरैजसो नेपाली मोडलहरुलाई स्टलमा राखिए पनि केही विदेशी युवतीहरुलाई पनि देख्न सकिन्छ ।

NADA Auto Show (6)

मानिसहरुको भीड पनि युवतीहरु रहेको स्टलहरुमा बढी देखिन्थ्यो । एउटा स्टलमा ६ जनासम्म युवती राखिएका छन् र धेरैजसो गाडीको रंगसँग मिल्ने पहिरनमा देखिन्छन् ।

NADA Auto Show (5)

दैनिक ३० हजारसम्म आम्दानी

कम्पनीहरुलाई मोडलिङ क्षेत्रमा क्रियाशील एजेन्सीहरुले मोडल उपलब्ध गराएका छन् । नाडा अटो शोमा मोडलहरु उपलब्ध गराउने चार-पाँच वटा एजेन्सी रहेका छन् ।

NADA Auto Show (7)

मोडलहरुका लागि गाडी कम्पनीहरुले दैनिक पाँच हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म तिर्ने गरेका छन् ।

एलएनएस मोडलिङ एजेन्सीका प्रवन्धक सुलभ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कम्पनीसँग सम्झौता गरेर हामीले मोडलहरु उपलब्ध गराएका छौं । कम्तिमा दैनिक ५ हजारदेखि ३० हजार रुपैयाँसम्म मोडलहरुले पाउँछन् ।’

पर्यटकका रुपमा नेपाल घुम्न आएका विदेशीहरुलाई प्रस्ताव गरेर र प्रदर्शनीमा ल्याइएको उनले बताए ।

NADA Auto Show (14)

NADA Auto Show (3)

 

NADA Auto Show (10)

 

NADA Auto Show (9)

NADA Auto Show (11)

NADA Auto Show (4)

NADA Auto Show (1)

NADA Auto Show (2)

NADA Auto Show (13)

NADA Auto Show (15)

NADA Auto Show (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment