Comments Add Comment

दीपक मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

Deepak-Manange

१४ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके दीपक मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

व्यक्ति बन्धक तथा अपरहण मुद्धामा न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा प्रहरीले उनलाई दुई महिना अघि पक्राउ गरेको थियो ।

५८ दिन लामो अनुसन्धानपछि प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योगसँगै संगठित अपराधको अभियोग लगाएर मनाङेको फाइल सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । तर सरकारी वकिलले उनीमाथि अपहरण र शरीर बन्धक मुद्धामात्र दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment