Comments Add Comment

कराँचीमा कैदी मेयर बने, जेलबाट ल्याएर सपथ गराइयो

Mayer-Karachi

पाकिस्तानमा एक कैदी कराँची शहरको मेयर बनेका छन् । वसीम अख्तर स्थानीय पार्टी मुत्तहिदा कौमी मुभमेन्टका सदस्य हुन् र गत साता भएको चुनावमा उनी विजयी भएका छन् ।

उनीविरुद्धको मुद्धा खारेज भएपछि अख्तरलाई जेलबाट कराची शहरको सिटी पार्कमा ल्याइयो र उनले मेयर पदको सपथ लिए ।

उन गत जुलाईमा पक्राउ परेका थिए । उनीमाथि आरोप थियो कि ९ वर्षअघि आतंकवादीलाई सेल्टर दिएका थिए ।

वासीम अख्तरले यो जित ऐतिहासिक भएको बताएका छन् र, आफूविरुद्धको आरोप गलत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment