Comments Add Comment

अटो मेलामा नयाँ बाइकको बहार, कुन कति अब्बल ?

NADA Auto Show (4)
१४ भदौ, काठमाडौं । हरेक वर्ष आयोजना हुने नाडा अटो शोमा कस्ता नयाँ सवारी आउँछन् भन्नेमा धेरैको चासो हुन्छ । यो वर्षको नाडा शोमा पनि विभिन्न कम्पनीहरुले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेका छन् ।

नयाँ दुई पांग्रे सवारीहरुले युवा पुस्ताको मन जित्न सक्ने अपेक्षा गरिएको छ । सार्वजनिक भएका बाइक तथा स्कुटरहरु साधारणदेखि उच्च मूल्यसम्मका छन । बजारमा आएका नयाँ बाइक तथा स्कुटरहरुले कस्तो प्रभाव छोड्ने हुन् भन्ने हेर्न  बाँकी छ ।

महिन्द्रा, होण्डा, यामाहा लगायतका कम्पनीले आफ्ना नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेका छन् ।

महिन्द्रा मोजो-३००
mahinda-mojo-3 200
नाडा अटो शोमा मोटरसाइकल पारखीहरुको ध्यान खिच्न सफल छ महिन्द्रा मोजो-३०० । यसको बुकिङ खुला भइसकेको छ । महिन्द्राले ‘मोजो’ मोटरसाइकल भारतको पुणेदेखि ड्राभिङ गर्दै नेपाल ल्याएको हो । यो ३०० सीसी क्षमताको बाइक हो । यसको मूल्य कम्पनीले ५ लाख ८० हजार रुपैयाँ तोकेको छ ।

यसमा २१ लिटर पेट्रोल टयांकी छ । यो मोटरसाइकल सशरी तथा ग्रामिण दुबै क्षेत्रका सडकमा चलाउनका लागि ‘कम्फटेबल’ रहेको कम्पनीको दावी छ ।

सिक्स-स्पीड ट्रान्समिसन भएको मोजो मोटरसाइकलको फोर्क उल्टो तरिकाले राखिएको छ । यसले गर्दा यो मोटरसाइकलको लुक्स अन्यको भन्दा फरक देखिन्छ । यसको ग्राउण्ड क्लियरेन्स १७३.५ मिलिमिटर छ भने तौल १ सय ८२ किलो रहेको छ ।

मोटरसाइकलको अगाडि बायाँ र पछाडि दायाँ साइडमा ब्रेक जडान गरिएको छ । यसले मोटसाइकल आकस्मिक अवस्थामा ब्यालेन्स राख्न सक्ने गरी रोक्न सकिने महिन्द्राको दावी छ ।

कम्पनीले यसमा १ हजार किलोमिटरसम्म सर्भिस सुविधा दिएको छ । यसमा ३२० एमएमको रेडियल्ली-माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो-टू टायर पनि छ ।

मोजोमा उच्च टरसिनल रिजिडिटी भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड टि्रपल क्ल्याम्प माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो सक्स र सेपरेटर ˆलोटिङ पिस्टन समेत छ । मालो-फिक्सन पिस्टन तथा रिंग भएको स्टेट-अफ-आर्ट डुअल ओभर हेड क्यानसाफ्ट, इरिडियम स्पार्क प्लग, रेजोनेटर-फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जस्ट् फिचर्स समेत यसमा छ ।

होण्डाको नेभी र सिबिआर ६५० एफ

navi
विश्व प्रख्यात होण्डा कम्पनीले नाडा अटो-शोकै अवसर पारेर नेपालमा नाभी-११० मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकर टे्रडिङ कम्पनीले यसको बुकिङ सुरु गरेको छ ।

मोटरसाइकल एक महिनापछि ग्राहकलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।  ३.८ लिटर इन्धन टयांकी भएको यो मोटसाइकलको नेपाली मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आकर्षक लुक भएको मोटरसाइकलमा डिक्स बे्रक जडान गरिएको छ ।

भारतमा प्रतिलिटर ६० किलोमिटर माइलेज दिने भनिएपनि काठमाडौं जस्ता शहरमा भने ४० देखि ४५ किलोमिटरमात्र माइलेज दिने कम्पनीको भनाइ छ ।

नयाँ स्पोर्ट्स बाइक युवा पुस्ताले बढी मन पराउने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई फन सेगमेन्टको सवारी रुपमा प्रचार गरेको छ । यसको ग्राउण्ड क्लिरेन्स १५६ मिहिलमिटर छ भने कुल तौल १ सय १ केजी छ ।

त्यस्तै सिबीआर ६५० एफ पनि नेपाली बजारमा आएको छ । सिबीआर ६०० डिजाइनमा परिर्वतन गरी यो मोटरसाइकल ल्याइएको हो । यो ६५० सीसीका यो स्र्पोटी मोटरसाइकल हो ।

cbr-560-f
नेपालका होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकार टे्रडिङ कम्पनीका अनुसार यसमा १७.५ लिटर पेट्रोल टंयाकी छ । नेपाली बजारमा यसको मूल्य २० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यो मोटरसाइकलको टायर ट्युवलेस रहेको छ भने डिजिटल मिटर समेत रहेको कम्पनीले जनाएको छ । साथै डिजिटल मिटरबाट बाइक सर्भिस गर्ने समयको सूचना दिने छ ।

टिभीएसको अपाचे-२००

apache-200
टिभिएस मोटसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभीएस ‘अपाचे २००’ मेेलाको अवसरमा नेपाल ल्याएको हो । यो स्र्पोटी मोटरसाइकल हो ।

यसमा पूर्णरुपमा डिजिटल मिटर रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ८३ हजार ९ सय रुपैयाँ तोकिएको छ । अपाचे-२०० मा १२ लिटरको पेट्रोल टयांकी छ ।

यो मोटरसाइकलले प्रतिलिटर ३० किलोमिटरभन्दा बढी माइलेज दिने कम्पनीको दाबी छ । ट्युबलेस टायर रहेको मोटरसाइकल आकर्षक डिजाइनमा साथमा उपलब्ध छ । १७ इन्चको पाङ्ग्रा प्रयोग भएको यो मोटरसाइकलको अगाडिको भागमा कन्भेन्सल टेलिस्कोपी र पछाडिको भागमा केवाइबी रियर मोनोसक प्रयोग गरिएको छ ।

अपाचे-२००मा प्रयोग गरिएको रेसिङ ओरिजन स्पिल्ट क्र्याडलले धेरै स्पिडमा पनि मोटरसाइकललाई सहज रुपमा कन्ट्रोलमा राख्न सकिने कम्पनीको दावी छ । मोटरसाइकलको आवाज सन्तुलनकाका लागि दुई वटा साइलेन्सर प्रयोग गरिएको छ ।

यामाहा रे-जेडआर

rey-zrयामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले अटो शोमार्फत नयाँ सिग्नेस रे-जेडआर नेपाली बजारका लागि सार्वजनिक गरेको छ ।

स्कुटर ‘रे’ प्लेटर्फममै भएपनि विल्कुल स्र्पोर्टी लुक्समा छ । सार्वजनिक भएको स्कुटर डिक्स ब्रेक र ननडिक्स ब्रेक दुबै भेरियन्टमा रहेको छ ।

५.२ लिटरको फ्युल टयांकी रहेको डिक्स ब्रेक स्कुटरको मूल्य १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ननडिक्स बे्रक स्कुटरको मूल्य १ लाख ९४ हजार रुपैयाँ छ ।

११३ सीसीको स्कुटरमा ब्लु कोर इन्जिन जडान गरिएको छ । सिग्नेस रे-जेडआरले प्रतिलिटर ६६ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ ।

कि सटर लकिङ सिस्टम समेत रहेको स्कुटरमा पुरुष चालकलाई समेत सहज हुने लेग स्पेश छ । यसमा अन्डर सीट स्टोरेज क्षमता २० लिटर छ । स्कुटरको ग्राउण्ड क्लिरेन्स ११५ मिलिमिटर छ ।

डिक्स स्कुटरको तौल १ सय ३ केजी छ भने ननडिक्सको १ सय केजी छ । अघिल्लो भागमा ब्याग र बोतल राख्न पकेट र हुक छ । स्कुटर सेगमेन्टमै पहिलोपटक की सटर लकिङ सिस्टम उपलब्ध छ । यसमा ट्युबलेस टायर, प|mन्ट मास्क, सहज तरिकाले मिलाइएको सिधा लाइन तथा बाक्लो कुसनसहितको टेन्डम सिट पनि छ ।

सुजुकी-एक्सेस १२५
acsess-125
सुजुकी बाइकको नेपालको लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले नाडा अटो-शो कै अवसर पारेर एक्सेस १२५ स्कुटर सार्वजनिक गरेको छ ।

यो स्कुटरमा ४ साइकल, एक सिलिण्डर र एयर कोल्ड इन्जिन जडान गरिएको छ । यसमा ५.६ लिटरको फ्युल टयांकी छ ।

एक्सेस ‘ओन पुस सेन्टर लक’ सिस्टमको स्कुटर हो । यसको मूल्य १ लाख ८९ हजार रुपैयाँ निर्धारण गरिएको छ । इजी पुर स्र्टाट वटन रहेको स्कुटरको कुल तौल भने १०२ केजी छ ।

स्कुटरमा थ्रीडी एक्सेस १२३ लोगो, अगाडि भागमा पानी लगायत मालसामान राख्न मिल्ने फ्रन्ट पकेट, मोबाइल चार्ज गर्न मिल्ने डिसी सकेट, लार्ज स्टोरेज स्पेश पनि छ ।

यस्तै आरामदायी लामो सीट, डिजिटल स्पिड मिटर लगायतका फिचर्सले एक्सेस सुसज्जित छ ।

एसवाइएमको जीटीएस ३०० आइ
gts-300-i
नेपालको लागि एसवाइएम स्कुटरको आधिकारिक बिक्रेता श्रेष्ठ कम्पनी प्रालीले नाडा अटो शोमै जीटीएस ३०० आइ स्कुटर सार्वजनिक गरेको छ ।

ताइवान ब्रान्डको यो स्र्पोटी स्कुटरको मूल्य नेपाली बजारका लागि ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । स्कुटरमा १२ लिटरको फ्युल टंयाकी छ । प्रतिकिलोमिटर २८ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसको बुकिङ तथा बिक्री मंगलबारबाटै सुरु भएको छ । ट्युवलेस टायर रहेको यो स्कुटरमा डिक्स बे्रक जडान गरिएको छ ।

त्यस्तै स्कुटरको ग्राउण्ड क्लिरेन्स १६५ एमएम छ । अन्डर सीट स्टोरेज पनि ठूलो भएको कम्पनीको दावी छ । स्कुटरमा एन्टी लक ब्रेकिङ स्टिम समेत जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment