Comments Add Comment

क्रिकेट खेल्न गएका खेलाडी जापानमा लुके, काठमाडौं फर्कने टिकट रद्द

१५ भदौ, काठमाडौं । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं र्फकने टिकट जापानबाटै रद्द गराएको खुलेको हो ।

cricket-ball-n-bat१५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ ।

अध्यागमन विभागका अनुसानर अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् ।

ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो र्फकने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको आजको अन्नपूर्णमा समाचार छ ।

गत जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लागेको थियो ।

त्यसमा सातजना क्रिकेटर, दुईजना पदाधिकारी र नौजना गैरखेलाडी थिए । टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन् ।

गैरखेलाडीमा रामसुर बुढा, सञ्जीव बुढा, रोमी राना, सूर्य वानियाँ, नरेन्द्र बुढा लगायत गरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment