Comments Add Comment

अनुदान पाएका कलेज नै धारशायी

Exam१५ भदौ, काठमाडौं । सरकारले सामुदायिक कलेजहरुलाई वर्षेनि करोडौं रकम अनुदान दिइरहे पनि यसको समग्र नतिजा भने निरासाजनक देखिएको छ ।

विश्वविद्यालय अनुदान आयोगले देशभ।रका सार्वजनिक क्याम्पस सञ्चालनका लागि अनुदान दिइरहेको छ ।  तर, अनुदान पाएका अधिकांश कलेजहरु धाराशायी बन्दै गइरहेको पाइएको छ ।

आयोगका अनुसार अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण अधिकांश सामुदायिक कलेज बन्द हुने अवस्थामा पुगेका आजको कारोबार दैनिकमा समाचार छ ।

आयोगले गरेको अध्ययनले देशभर सञ्चालन भइरहेका ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धारासायी रहेको पाइएको छ । सरकारले सामुदायिक कलेजका लागि विगत ३ वर्षमा मात्र १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरिसकेको छ ।

आयोगले नियमित र भौतिक विकास अनुदान शीर्षकमा लगाती बढाउँदै लगे पनि ९० प्रतिशत सामुदासियक कलेज  विद्यार्थी अभाव झेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment