Comments Add Comment

उपत्यकामा साढे २१ लाख गाडी चालक कारबाहीमा

Trafic police action (4)१५ भदौ, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका तीन जिल्लाबाट मात्र चार वर्षको अवधिमा साढे २१ लाख गाडी चालकलाई कारबाहीको दायरामा ल्याएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०६९/७० देखि आव ०७२/७३ को अवधिमा काठमाडौं भझपसर र ललितपुरबाट २१ लाख ३९ हजार ५ सय ९५ जना चालक कारबाहीमा परेका हुन् ।

मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, तीब्र  गति, जथाभावी पार्किङ, दुर्घटना, गाडी तोडफोड, बढी भाडा असुलीलगायत कसुरमा चालकरु कारबाहीमा परेको महाशाखाले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

कारबाहीमा परेका चालकबाट ५९ करोडभन्दा बढी जरिवाना असुल गरिएको छ ।

बागमती अञ्चलमित्र साना ठूला गरी करिब १० लाख गाडी दर्तामध्ये उपत्यकामा मात्रै ७० देखि ८० प्रतिशत गुड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment