Comments Add Comment

अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले

etihad airways१५ भदौ, काठमाडौं । गृह मन्त्रालयले निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ ।

निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो ।

विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरीसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको आजको अन्नपूर्णमा समाचार छ ।

चोरी मुद्दामा जेल सजाय भागेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।
काठमाडौंबाट पाकिस्तानसम्म कुनै एयरलाइन्सको सीधा उडान नभएपछि गणेले काठमाडौंबाट आवुधाबी हुँदै इस्लामाबाद जाने टिकट लिएका थिए ।

इतिहाद एयरलाइन्सले आफूमाथि दुव्र्यवहार गरेको भन्दै गणेश अर्को एयरलाइन्सबाट पाकिस्तान जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment