Comments Add Comment

झापाका डिपार्टमेन्ट स्टोरबाट अखाद्य वस्तु बरामद

jhapa_anugaman१५ भदौ, झापा । खाद्यान्नमा मिसावट र म्याद गुजि्रएका खाद्य सामग्री बिक्री गरेको जनगुनासो बढेपछि मंगलबार जिल्ला बजार अनुगमन समिति झापाले बिर्तामोडका चार ठूला डिपार्टमेन्टमा अनुगमन गरेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाको नेतृत्वमा रहेको अनुगमन टोलीले बिर्तामोड-९ मा रहेको शिखर बजार इन्टरनेशनल प्रालि, बिर्तामोड-६ मा रहेको गोरखा सुपर मार्केट, बिर्तामोड-७ मा रहेको सतासी बहुमुखी सहकारी संस्थाको डिमार्टमेन्टल स्टोर र हनुमान सेन्ट्रलमा रहेको किनमेल डिपार्टमेन्टको अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

नियन्त्रणमा लिइएको अखाद्य वस्तु घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्रप्रसाद मिश्र, खाद्य निरीक्षक प्रेम आर्याल, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा तेजेन्द्र न्यौपानेलगायतको रोहबरमा मंगलबार नै इलाका प्रहरी कार्यालय अनामनीमा नष्ट गरिएको छ ।

बरामद गरिएका सामग्रीहरुमा अधिकांश घैलाछाप तेल, चिप्स, मसला, तयारी अचार, ससेज लगायत थिए । ती ३० हजार रुपैयाँ बराबरका छन् ।

अनुगमनमा क्रममा प्रायः खाने तेलमा उत्पादन र उपभोग्य मिति नलेखेको पाइएको सहायक प्रजिअ निरौलाको भनाइ छ । ‘बजार मूल्यभन्दा बढी मूल्य लेखेको स्टीकर टाँसेको पनि भेटियो’, उनले अनलाइनखबरलाई भने, ‘तौल नपुगेका र म्याद गुजि्रएका सामग्रीहरु पनि पाइयो ।’

चाडपर्व नजिकिएसँगै बजार अनुगमन पनि सुरु भएको हो । महिलाहरुको महान् पर्व तीजसँगै चाडपर्व सुरु भएको छ । र, बजार अनुगमनमा सरोकारवाला तात्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment