Comments Add Comment

सिड्नीमा क्रिकेट प्रतियोगिता सम्पन्न

sydne cricket_nepaliअष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा आयोजित  एनआरएनए कप सीक्स ए साइड क्रिकेट प्रतियोगिताको उपाधि ‘वारियर राइनो’ क्लबले हात पारेको छ ।

रोमान्चक फाइनलमा’वेस्ट युनाइटेड’ क्रिकेट क्लबलाई हराउँदैं  ‘वारियर राइनो’ले उपाधि माथि कब्जा जमाएको हो ।

निर्धारित ६ ओभरको खेल बराबरीमा नटुंगिएपछि ६/६ बलको ‘बल आउट’को फैसला गरिएको थीयो । त्यसमा समेत दुवै टिमले जित हात पार्न सकेनन् । त्यसपछि २/२ बलको ‘बल आउट’ समेत बराबरीमा टुंगिएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो ।

अन्तमा ‘गोल्डेन विकेट बल आउट’मा खेलको निर्णय हुन पुगेको थीयो । अन्तमा वारियर राइनोका प्रशान्त विष्टले विकेट लिएपछि खेलको छिनोफानो भएको थीयो । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका  नवीन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

‘एनआरएनए स्पोर्ट्स डे’ अन्तर्गतको यस प्रतियोगितामा सिड्नीका ११ टिम र क्यानबेराको एउटा टिम गरेर कुल १२ टिम सहभागीता रहेको थिए ।

पहिलो सेमिफाइनलमा लालीगुराँसलाई हराउंदै वेस्ट युनाइटेडले फाइनलको यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनलमा लुम्बिनीलाई हराउंदै वारियर राइनोले फाइनलमा आˆनो स्थान सुरक्षित पारेको थियो ।

प्रतियोगिताभरि बाट ‘वेस्ट युनाइटेड’का किर्तन ताम्राकार उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने उत्कृष्ट बलरको ट्रफीमा ‘वारियर राइनो’का निरज पाण्डेले आफ्नो नाम लेखाए ।  प्रतियोगिताको संयोजन एनआरएनए अस्ट्रेलियाका युवा संयोजक विजय शर्माले गरेका थीए ।

एविके लयर्सू को शिर्ष प्रायोजनमा एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको प्रतियोगिताका सम्पूर्ण खेल एकै दिनमा सम्पन्न गर्नु पर्ने भएका कारण खेल ६ ओभरमा छोट्याईएका संयोजक वीजय शर्माले बताए ।

विजेता ‘वारियर राइनो’ले १४०० डलर तथा उपविजेता वेस्ट युनाइटेडले भने ७०० डलरका साथै प्रमाणपत्र तथा पदक प्राप्त  गरे । ‘वारियर राइनो’का प्रशान्त विष्ट प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताभरि कुल ५ छक्का प्रहार गरेका  उनले ‘मस्ट सिक्सेस’ को पुरस्कार समेत आˆनो पोल्टोमा पारे। उनले  २०० अष्ट्रेलियन डलर, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

एनआरएनए अस्ट्रेलियाका खेलकुद संयोजक नन्द गुरुङले अष्ट्रेलियामा रहेका नेपाली युवालाई खेलकुद मार्फत एनआरएनए अभियानमा आकषिर्त गर्न र एक आपसमा भाईचारा अभीबृद्धी गर्ने उद्देस्यले ‘एनआरएनए स्पोर्ट्स डे’ परियोजनाको अवधारणा ल्याइएको बताए ।

सम्पूर्ण खेलका विजेताहरुलाई भब्यरुपमा एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने एनआरएनका कोषाध्यक्ष डीला खरेलले बताए । प्रतीयोगीताका वीजेतालाइ एनआरएनका उपाध्यक्ष दिनेश  पोखरेललगायतले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment