Comments Add Comment

यसरी बढ्दैछ नेपालमा कम्प्याक्ट एसयुभीको बजार

cmpact suv
१५ भदौ, काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा कम्प्याक्ट एसयुभी (स्पोर्ट युटिलिटी भेहिकल) गाडीको व्यापार बढ्दो क्रममा छ । ग्राहकको आकर्षण बढेसँगै विभिन्न कार निर्माता तथा वितरक कम्पनीहरुले समेत नेपाली बजारलाई केन्दि्रत गरेर कम्प्याक्ट एसयुभी नेपालमा सार्वजनिक गरिरहेका छन् ।

नेपालमा सडकको दुरावस्थाका कारण सेडान र ह्याचब्याक गाडी छाड्न चाहानेको पहिलो रोजाइ कम्प्याक्ट एसयुभी नै हुने गर्छ । यस्ता गाडीमा हुने आधुनिक फिचर, पावर बडी, ग्राउण्ड क्लिरेन्स र उत्कृष्ट माइलेज र लक्जेरियस फिचर्सका कारण कम्प्याट एसयुभी कारको व्यापार उकालो लाग्ने क्रममा रहेको दावी कम्पनीहरुको छ ।

अनरोड र अफरोड दुबैका लागि निकै उपयुक्त मानिने कम्प्याक्ट एसयुभीमा बढ्दो आकर्षणले नेपाली अटो बजारलाई नयाँ दिशा दिने देखिएको छ । एसयुभी नेपाली कार बजारमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको सेग्मेन्ट हो ।

एसयुभीसँग भएका विशेषता अन्य गाडीमा खासै पाइँदैन । हाइ ग्राउन्ड क्लियरेन्ससँगै प्यासेन्जर र कार्गो दुबै बोक्न मिल्ने भएकाले कम्प्याक्ट एसयुभीमा आकर्षण बढिरहेको छ ।

कम्प्याक्ट वा साना एसयुभीमा नेपाली ग्राहकहरु आकषिर्त भइरहँदा नेपाली एसयुभी बजार पनि फराकिलो हुँदैछ । नेपाली बजारमा थुप्रै कम्प्याक्ट एसयुभीहरु उपलब्ध छन् । फरक फिचर्स भएका यी गाडीले उपभोक्तालाई रोजाइका लागि विकल्पहरु पनि धेरै दिएका छन् ।

विशेष गरी नेपाली माटो र बाटो सुहाउने भएका कारण यस्ता गाडीको बजार थप विस्तार हुँदैछ । नेपाली बजारमा उपलब्धमध्ये केही कम्प्याक्ट एसयुभी आकर्षणको केन्द्रमा छन् । नाडा अटो शोमा पनि यस्ता गाडीले उपभोक्तामाझ निकै प्रभाव छाड्ने अपेक्षा छ ।

हुण्डाइको क्रेटा

Creata-finalकोरियाली मोटर उत्पादक कम्पनी हुण्डाइको ‘क्रेटा’ अहिले नेपाली बजारमा सबैैभन्दा बढी रुचाइएको कम्प्याक्ट स्पोर्टस् युटिलिटी भेहिकल हो । गत एक वर्षका बीचमा १ हजार ३ सय वटा क्रेटा बिक्री भएको तथ्यले पनि यसलाई पुष्टी गर्छ ।

आकर्षक मोडलमा प्रस्तुत गरिएको क्रेटा नेपाली अटोमोबाइलको इतिहासमा सवैभन्दा बढी स्वीकार्य एसयुभी बनेको दर्ज भएको नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको दावी छ । यसको डिजाइन कम्प्याक्ट एसयुभी सेगमेन्टकै सबैभन्दा उत्कृष्ट मानिएको छ ।

नेपालमा तीब्र रुपमा बढिरहेको कम्प्याक्ट एसयुभीको बजारमा संख्यात्मक हिसावले क्रेटा सबैभन्दा अग्रस्थानमा देखिएको छ । आर्कषक डिजाइन, पि्रमियम एसयुभीकै हाराहारीमा सुविधा र ५० लाख रुपैयाँ हाराहारी मूल्यका कारण नेपाली गाडी उपभोक्तामाझ क्रेटा छोटो समयमै लोकपि्रय भएको कम्पनीको भनाई छ ।

गतवर्ष भूकम्पपछिको नाकाबन्दी लगायत प्रतिकुल परिस्थतिका बाबजुद पनि क्रेटाले नेपाली बजारमा राम्रो स्थान बनाएको छ । उपभोक्ताको सुरक्षा फिचर्समा कुनै सम्झौता नगरेको कारण पनि क्रेटाले आफ्नो बर्चश्व जमाएको देखिएको छ ।

क्रेटा गाडी पेट्रोल इञ्जिनमा १६०० सिसी तथा डिजेल इन्जिनमा १४०० र १६०० सीसीमा उपलब्ध छ । क्रेटामा अत्याधुनिक विशेषता र सुविधा छन् ।

पावरफुल इञ्जिन रहेको यो गाडीमा अटोमेटिक र म्यानुअल दुबै ट्रान्समिसन छ । यसमा फ्रन्ट ह्वील र रियर ह्वीलको विकल्प पनि छ ।

कारको लम्बाइ ४ हजार २ सय ७० मिलिमिटर छ भने चौडाइ १ हजार ७ सय ८० मिलिमिटर र उचाइ १ हजार ६ सय ३० मिलिमिटर छ ।
सुरक्षाका लागि विशेष ध्यान दिइएको गाडीमा उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । ह्वील बेस २५९० मिलिमिटर रहेको गाडीको ग्राउण्ड क्लियरेन्स १९० मिलिमिटर छ ।

यसमा एबिएस, एयर ब्याग्स र रिभर्स पार्किङ क्यामेरा लगायतका सुविधा छन् । कारको इन्टेरियर बनावट पनि आकर्षक छ ।

कारभित्र अडियो र ब्लुटुथ कन्ट्रोलसहितको मल्टिफङ्सन स्टेरिङ ह्वील, ५ इन्चको टच स्त्रिmन अडियो सिस्टम छन् ।

रेनल्टको ‘डस्टर’

renalt
रेनल्टको ‘डस्टर’ नेपाली बजारमा उत्रिएको नयाँ एसयुभी हो । नाडा शोकै अवसरमा रेनल्टले आफ्नो ब्राण्डसँगै यसलाई नेपालमा ल्याएको हो ।

एड्भान्स अटोमोबाइल्स प्रालिका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवाल रेनल्टको नयाँ एसयुभी डस्टर यो सेगमेन्टका अन्य गाडीलाई टक्कर दिन सक्ने क्षमतायुक्त भएको बताउँछन् । नेपालमा पहिलोपटक भित्रिएको डस्टरका बारेमा चासो राख्नेहरुको संख्या अहिले उल्लेखनीय छ ।

यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ । यसमा ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह्वील लगायत स्पेश फिचर्सहरु छन् ।

यसैगरी अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट गि्रल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता पनि यसमा छन् ।

डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ । यो विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । डस्टर पेट्रोल भर्सन २ र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छन् ।

यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरु रहेको कम्पनीको दावी छ । यसको प्रारम्भिक मूल्य ३५ लाख ३३ हजार ९९० रुपैयाँ छ ।

कार डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ । ड्युल टोन सˆट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह्वील, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट गि्रल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता सयमा छन् ।

महिन्द्रा ‘टियूभी ३००’

TUV 300३ महिना अगाडिमात्र नेपाल भित्रिएको कम्प्याक्ट एसयुभी हो महिन्द्राको टियूभी ३०० । छोटो समयमै यो निकै लोकपि्रय बनिसकेको छ ।

यो गाडीको व्यापार दिनप्रतिदिन बढदै गइरहेको कम्पनीको दाबी छ । नेपालमा अग्नि इन्कर्पोरेटका शो-रुमबाट बिक्री भइरहेको यो कारको इञ्जिन क्षमता सानो भएपनि पावर बढी भएकै कारण ग्राहकमाझ लोकपि्रय भइसकेको कम्पनीमा सहायक बजार व्यवस्थापक सुरज राजवंशीले बताए ।

गाडी नयाँ आधुनिक मोडलमा रहेकाले पनि ग्राहकले विश्वास गरेको उनले बताए । गाडीको ग्राउण्ड क्लियरेन्स, ग्रमाीण सडक सुहाँउदो भएकै कारण पनि ग्राहकले कम्पनीलाई विश्वास गरेको उनले दाबी गरे ।

‘अहिलेसम्म काठमाडौ उपत्यकाको शोरुमबाट मात्रै ४२ वटा गाडी बिक्री भइसकेको छ,’ राजवंशीले भने ‘नेपालका पूर्वी, मध्य पश्चिम क्षेत्रमा समेत यसले दिने उत्कृष्ट माइलेज कै कारण टियूभी-३०० लाई बढी मन पराइरहेको उनले बताए ।

यो कार १५ सय सीसीमा उपलब्ध छ । अग्नि इन्कर्पाेरेटका शोरुम मार्फत् नेपाली बजारमा उपलब्ध रहेको एसयूभीको ३६ लाख ९५ हजारबाट सुरु भई ४५ लाख ९५ हजार रुपैयाँसम्म पर्छ ।

कम्पनीले टियूभी-३०० गाडीलाई नेपाली बाटो सुहाँउदो भएको दावी गरेको छ । यसको माइलेज १८.४९ किलोमिटर प्रतिलिटर छ । भारतमा निकै लोकपि्रय भएको यो एसयूभी ‘टियूभी ३००’ सेभन सिटर गाडी हो ।

जसको मस्कुलिन फ्रन्ट फेसिया, हाइ ग्राउन्ड क्लियरेन्स् तथा रियर माउन्टेड स्पेयर व्हीलले टुर्व ब्ल्यू सुभको स्वरुप दिएको छ ।

यसमा बेज तथा पि्रमियम ब्ल्याकको डुअल टोन इन्टिरियर छ । आकर्षक हेक्सागन सेन्टर बेजेल, पियानो ब्ल्याक सेन्टर फेसिया, टु-डिन अडियोसहितको इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ, यूएसबी, एयूएक्स, तथा स्टीयरिङ माउन्टेड अडियो तथा फोन कन्ट्रोल र स्पोर्टी ट्वीन-पड इन्स्ट्रयुमेन्ट क्लस्टर लगायतका आधुनिक फिचर्सले गाडी सजिएको छ ।

मारुती सुजुकी ‘भिटारा ब्रेजा’

vitara-brezaमारुती-सुजकुीको भिटारा ब्रेजा नेपाली बजारमा एसयुभी सेगमेन्टमै पहिलोपटक डुअल कलर स्किमसहित आएको कार हो । नेपालमा भर्खरै मात्र सुजुकी मोटर्स कर्पले भित्र्याएको कम्प्याट एसयुभी कार हो ।

विशेषगरी भारतीय बजारलाई लक्षित गरेर भारतमै डिजाइन गरी तयार पारिएको मारुतीको पहिलो कम्प्याक्ट एसयुभी हो ब्रेजा ।

यसमा टचस्त्रिmन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेयरिङ माउन्टेड कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प लगायतका फिचर्स छन् । ब्रेजाको डिजाइन भब्य र स्पोर्टी गाडीको फिल दिने खालको छ ।

कम्पनीका सिनियर म्यानेजर अरुण शाक्य ग्राहकले यसबारे राम्रो इन्क्वायरी गरिरहेको बताउँछन् । ब्रेजा नेपाली ग्राहकले पनि सबैभन्दा बढी कुरेर बसेको एुुसयुभी कम्प्याट कार भएको उनले दाबी गरे ।

अहिले कम्पनीको देशभरका २५ वटा भन्दा बढी शो रुमबाट ३ सयभन्दा बढी ग्राहकले यो एसयुभी बुकिङ गरिसकेको कम्पनीले जनाएको छ ।

ब्रेजा विभिन्न ७ भ्यारियन्ट उपलब्ध छ । भिटारा ब्रेजाको मूल्य ३५ लाख ९९ हजार रुपैयाँदेखि ४४ लाख ४० हजार रुपैयाँसम्म तोकिएको छ । सबै भेरियन्टमा डिजेल इञ्जिन छन् ।

१२४८ सीसीको ब्रेजाको एलडीआइ भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ छ भने एलडीआइओको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ पर्छ । अर्को भेरियन्ट ब्रेजा भिडीआइको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ भने भिडीआइओको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

यस्तै ब्रेजा जेडीआइ ४१ लाख ९९ हजार रुपैयाँ पर्छ भने ब्रेज्जा जेडीआइ प्लस ४३ लाख ४९ हजार रुपैयाँदेखि ४४ लाख ३९ हजार रुपैयाँसम्म कायम गरिएको छ ।

यो विभिन्न एकल तथा मिश्रति रंगमा उपलब्ध गराइएको छ । यसको फ्युल इफिसियन्सी २४ किलोमिटर प्रतिलिटर छ । ब्रेजामा ४८ लिटर क्षमताको फ्युल ट्यांक जडान भएको छ । यसमा १ सय ९८ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स छ । नेपाली बाटोका लागि यसको ग्राउण्ड क्लियरेन्स उत्कृष्ट मानिएको छ ।

किया सोल

kia-soulकोरियन ब्रान्ड कियाको कम्प्याक्ट एसयुभी हो, सोल । यो कार सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । किया सोल नेपाली बजारमा पेट्रोल र डिजेल दुबै भरियन्टमा भएका ग्राहकको आकर्षण परेको युनिर्भसल मोटोकर्प प्रालीका प्रबन्ध निर्देशक रामशरण श्रेष्ठ बताउँछन् ।

आधुनिक प्रविधिका जडित म्युजिक सिस्टमसहित सुरक्षाका लागि एयर ब्यागले यसलाई सु-सज्जित गरिएको छ । यसको उत्कृष्ट माइलेजका कारण पनि ग्राहकको मन जित्न सकेको उनले बताए ।

भारतीय गाडी जस्तो धेरै मर्मत गर्न नपर्ने भएको कारण पनि किया सोलको व्यापार बढ्दो रहेको कम्पनीको दावी छ ।

१६ सय सीसीको पेट्रोल र डिजल दुबै भरियन्टमा सोल उपलब्ध छ । यो कारको ग्राउण्ड क्लियरेन्स १ सय ७२ मिलिमिटर छ भने फ्युल टयांकीको क्षमता ५५ लिटर छ ।

पेट्रोल भर्सनको मूल्य ५५ लाख ९५ हजार रुपैयाँ छ भने डिजल भर्सको सोललाई ५९ लाख ९५ हजार रुपैयाँ पर्छ ।

यसमा पार्किङ सेन्सरसहित गाडी ब्याक गर्दा कुन अवस्थामा रहेको छ हर्ने मिल्ने प्रविधि समेत जडान गरिएको छ । लक्जरियस सीट, आकर्षक बडी र उत्कृष्ट माइलेजका कारण यसको व्यापार बढ्दो क्रममा रहेको कम्पनीको दावी छ ।

इको स्र्पोट

ecosport
कम्प्याक्ट एसयुभी ‘इको स्र्पोट’ फोर्ड कम्पनीले उत्पादन गरेको कार हो । भारतमा सार्वजनिक भएको दुई महिनालगतै सन् २०१३ मा नेपालमा समेत प्रवेश गरेको गाडी हो यो ।

अहिलेसम्म नेपालमा ३ हजारभन्दा बढी इको स्पोर्ट बिक्री भइसकेको गो फोर्डका सेल्स म्यानेजर निरज रेग्मीले बताए ।

इको स्र्पोट नेपालमा उपलब्ध सबैभन्दा बढी सुरक्षित भएकै कारण ग्राहकको मन जित्न सफल भएको दावी कम्पनीको छ । आधुनिक फिचर्स, गाडीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, माइलेजका कारण धेरैले यसाई रुचाएका छन् । ८ वटा कलर अप्सनका कारण पनि यसको व्यापार बढेको म्यानेजर रेग्मीले बताए ।

यो १५ सय सीसीको कम्प्याक्ट एसयुभी हो । इको स्र्पोट पेट्रोल र डिजेलका ९ वटा भेरियन्टमा उपलब्ध छन् ।

यसमा ५ सिट क्षमता छ भने ५२ लिटरको टयांकी छ । ग्राउण्ड क्लियरेन्स २०० मिलिमिटर छ । प्रतिलिटर पेट्रोलमा यो गाडीले १८ दशमलब ८८ किलोमिटर र डिजेलमा २२ दशमलव २७ किलोेमिटर माइलेज दिने कम्पनीको दावी छ ।

आकर्षक डिजाइनको यो गाडीमा आधुनिक प्रविधिको म्युजिक सिस्टमसहित लक्जेरियस सिट छ । पेट्रोल भर्सको इको स्पोर्टको मूल्य न्युनतम ३१ लाख ९२ हजार रुपैयाँदेखि ४४ लाख ९२ हजार रुपैयाँ छ । डिजल कारको मूल्य भने ३७ लाख ९० हजार रुपैयाँदेखि ४८ लाख ९० हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment