Comments Add Comment

इंग्याण्डले बनायो कीर्तिमान नै कीर्तिमान

england१५ भदौ, काठमाडौं । पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले १६९ रनको फराकिलो जित निकालेको छ । यस क्रममा इंग्ल्याण्ड र उसका खेलाडीले कीर्तिमानै कीर्तिमान बनाएको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा मात्र ३ विकेट गुमाएर ४४४ रन बनायो । अन्तिम बलमा बट्लरले चौका हानेपछि इंग्लयाण्डले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो स्कोर बनायो ।

यसअघि यो रेकर्ड श्रीलंकाको नाममा थियो । उसले २००६ मा नेदरल्याण्ड्सविरुद्ध ९ विकेट गुमाएर ४४३ रन बनाएको थियो ।

कीर्तिमानी रन बनाउने क्रममा इंग्ल्याण्डले अरु रेकर्डहरु पनि बनायो । उसका एलेक्स हेल्सले १७१ रन बनाए । यो कुनै पनि इंग्लिस ब्याट्सम्यानले एकदिपसीय क्रिकेटमा बनाएको व्यक्तिगत उच्च रन हो ।

यसअघि १९९३ मा रोविन स्मिथले अष्ट्रेलियाविरुद्ध अविजित १६७ रन बनाएका थिए । हेल्स लगातार पाँच एकदिवसीयमा ५० वा सो भन्दा बढी रन जोड्ने छैटौं इंग्लिस ब्याट्सम्यान पनि बनेका छन् ।

साथै पछिल्लो सात एकदिवसीयमा उनको यो तेस्रो शतक पनि हो । यसअघिका २७ एकदिवसीयमा उनले मात्र एक शतक हानेका थिए । उनको पहिलो शतक २१ औं इनिङमा सम्भव भएको थियो ।

इंग्ल्याण्डका जोए रुटले ८५ रन बनाए भने जोस बट्सल ९० रनमा अविजित रहे । उनले मात्र २२ बलमा अर्धशतक पुरा गर्दै सबैभन्दा कम बलमा अर्धशतक बनाउने इंग्लिस ब्याट्सम्यानको रेकर्ड बनाए ।

जवाफमा मैदान उत्रिएको पाकिस्तान ४२.४ ओभरमा मात्र २७५ रनमा अलआउट भयो । उसका सार्जिल खान र मोहम्मद अमिरले समान ५८ रन बनाएपनि पाकिस्तानीको फराकिलो हार टार्न सकेनन् ।

यससँगै इंग्ल्याण्डले फेरि अर्को रेकर्ड बनायो । उसले पाँच एकदिसवीय श्रृखलामा खेलेको तीन वटै खेल जितेको छ । पाकिस्तानले अहिलेसम्म अन्य कुनै टोलीसँग पनि यस्तो हार व्यहोरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment