Comments Add Comment

बलिउडमा टिक्न भाग्य चाहिने कट्रिनाको भनाई

katrina kaif
बलिउड नायक रणबीर कपुरसँग ब्रेकअप र पछिल्लो चलचित्र ‘फितुर’ असफल भएपछि नायिका कट्रिना कैफको चलचित्र करिअर डामाडोल भएको चर्चा गरिन्छ । कट्रिना अहिले धर्मा प्रोडक्सनको चलचित्र ‘बार बार देखो’ मा ब्यस्त छिन् । यसमा उनले पहिलो पटक सिद्धार्थ मल्होत्राको जोडी भएर काम गरेकी छिन् । बलिउडमा टिकिरहन क्षमताले मात्रै सम्भव हुन्न भन्ने उनलाई लाग्छ । उनी भन्छिन्-‘बलिउडमा टिक्न र बाहिरिन भाग्यको पनि खेल हुन्छ ।’

१३ वर्षको करिअरमा उनले लगभग सबै ठूला स्टारसँग काम गरिन् । धेरैको आनी-वानीवारे जानकार छिन् । आमिर खानवाट प्रभावित कट्रिना कामको समयमा आमिर विषयबस्तुमा चुर्लुम्मै डुब्ने गरेको धारणा राख्छिन् ।

उनी भन्छिन्-‘कामको समयमा उनले कुनै पनि कुराको मतलव राख्दैनन् ।’ नायक साहरुख खानले आफ्ना सहयोगी कलाकारको वारेमा निकै ध्यान दिने गरेको उनको भनाई छ ।

अक्षय कुमारसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको धारणा राख्ने कट्रिना कैफले सलमानले पनि मिहिनेतपूर्वक काम गरेको धारणा राखिन् । उनको पछिल्लो चलचित्र ‘फितुर’ बक्स अफिसमा असफल सावित भएको थियो । उक्त चलचित्र किन असफल भयो भन्ने उनले आजसम्म बुझ्न सकेकी छैनन् । उनी भन्छिन्- ‘दर्शकलाई के मन पर्छ के मन पर्दैन केही पनि भन्न सकिदैन ।’

केही बलिउड नायिका हलिउड चलचित्रमा आकषिर्त भएको प्रसंगमा उनले भनिन्- मलाई अहिलेसम्म कुनै प्रस्ताव आएको छैन । राम्रो चलचित्रवाट प्रस्ताव आयो भने सोच्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment