Comments Add Comment

एलआइसी नेपालले ल्यायो ‘जीवन श्री’ नामक बीमा योजना

Lic
१५ भदौ, काठमाडौं । लाइफ इ्रन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले आकर्षक बीमा योजना सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ‘तपाईँ खुसीको खाता खोल्नुहोस्’ भन्ने सन्देशका सात न्यूनतम् ७ वर्षदेखि ५० वर्ष उमेर समूहका सर्वसाधारणलाई लक्षित गर्दै ‘जीबन श्री’ नामक योजना सुरु गरेको हो ।

कम्पनीको उक्त नयाँ प्रोडक्टको सार्वजानिक मंगलबार बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले गरे ।

सर्वसाधारणले यो कम्पनीमार्फत ५ लाखको पन्ध्र वर्षे बीमा गराउन सक्नेछन् । बीमितले पाँच वर्ष पि्रमियम तिरेर १५ वर्षको जोखिम न्यूनिकरण गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजनामा बीमाशुल्क कम र प्रतिफल उच्च रहेको कम्पनीको दाबी छ ।

दुई वर्षको बीमाशुल्क भुक्तानी गरेपछि बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment