Comments Add Comment

सवा करोडको सेयर खुल्दा तीन दिनमै १ अर्ब ८५ करोडको आवेदन

IPO
१५ भदौ, काठमाडौं । पछिल्लो समय सर्वसाधारणका लागि निष्काशन गरिएको सेयरमा अत्यधिक आकर्षण बढेको छ । त्यसको बलियो उदाहारण हो-अहिले खुलिरहेको सूउर्योदय लघुवित्तको साधारण सेयर ।

सूर्योदय लघुवित्तले सय रुपैयाँ अंकित दरका १ करोड २० लाख रुपैयाँ बराबरका १ लाख २० हजार कित्ता साधारण सेयर भदौ १२ गतेदेखि निष्काशन गरेको थियो । उक्त सेयरमामा भदौ १३ गतेसम्ममा १ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ बराबरको माग गर्दै ५८ हजारले आवेदन दिएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोब आइएमइ क्यापिटलका अनुसार सेयर खुलेको पहिलो दिन ३७ करोड २१ लाख, दोस्रो दिन ५७ करोड ८८ लाख र तेस्रो दिन ९० करोड ६५ लाख रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

मागको तुलनामा अत्यधिक आवेदन परेकाले आज नै कम्पनीको सेयर बन्द हुने निश्चित छ । किनभने कम्पनीले छिटोमा भदौ १५ र ढिलोमा २६ गते बन्द हुने बिक्री प्रवन्धकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment