Comments Add Comment

आशाको गीतमा ‘तीजमा नाच्ने कुरा’

teej song

तीजलाई लक्ष्यीत गर्दै ‘नाचाैं झुमेर, फनफनी घुमेर’ बोलको तीज गीत बजारमा आएको छ । गायिका आशा शाहीले उक्त गीत बजारमा ल्याएकी हुन ।

तीजको अवसरमा परम्परागत शैलीको गीतलाई पछाडी पार्दै भड्कीलो शैलीले ठाउँ ओगट्न थालेको बर्तमान परिवेशमा गायिका आशा शाहीको यस गीत ‘नाचाैं झुमेर, फनफनी घुमेर’ले दर्शक तथा श्रोतालाई भरपुर मनोरञ्जन दिने विश्वास लिइएको छ । श्रव्यदृश्य सहितको यस गीत युटुबमा हेर्न सकिन्छ ।

पवि गुरुङको शब्द तथा राजेश कुमार श्रेष्ठको संगित संयोजन रहेको यस गीतको छायांकन उमंग शाहीले गरेका हुन भने गीतमा विनोद श्रेष्ठको सम्पादन तथा सागर लामा गोलेको निर्देशने छ ।

गायिका शाहीले गीतमा चाडपर्वको वेला नारीमा आउने कौतुहलता तथा चञ्चलता र भावुकतालाई समेट्दै प्रसस्त मनोरञ्जन दिने प्रयास गरिएको बताइन् । गीतलाई हेर्दा भड्कीलो नहोस् भन्नेतर्फ प्रसस्त ध्यान पुर्‍याएको देखिन्छ । गीतमा अनु शाही, वसन्ती रावल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

आधुनिक तथा लोक गीतमा स्वर दिएकी गायिका शाहीको यस तीज गितले हिन्दु नारीको मौलिक भेषभुषा तथा चाडवाड प्रतिको उत्साहलाई समेट्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment