Comments Add Comment

किम जोंग उनको बैठकमा निदाउने शिक्षामन्त्रीलाई गोली हानियो !

 

१५ भदौ, काठमाडौं । दक्षिण कोरियाको सरकारले भनेको छ कि उत्तर कोरियामा शिक्षामन्त्रीको हत्या गरिएको छ ।
शिक्षामन्त्री किम याङ जिनको मृत्युको घोषणा सियोलमा भएको बीबीसीले जनाएको छ ।

north_korea_kim_Photo_AP
किम जोंग उन

यसअघि अखबारमा खबर छापिएको थियो कि उत्तर कोरियाका दुई अधिकारीलाई एन्टी एयरक्राफ्ट गनले गोली हानेर मारिएको छ । समाचारका अनुसार यो घटना यसै महिनाको सुरुवातमा भएको थियो ।

उत्तर कोरियाका नेता किम जोंग उनको बैठकमा शिक्षामन्त्री निदाएका थिए । त्यसपछि उनविरुद्ध भ्रष्टाचारको छानविन गरिएको थियो ।

यसै महिना लण्डनमा उत्तर कोरियाका उपराजदूत थाहे योंगले दक्षिण कोरिया दूतावासमा शरण लिएका थिए ।

उत्तर कोरियाको सरकारले योंग होमाथि बच्चाको बलात्कार गरेको तथा गोप्य सूचना लिक गरेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment