Comments Add Comment

नेविसंघले १६ वर्ष मुनिका विद्यार्थीलाई सदस्यता नदिने

चन्दा संकलन गरे कारवाही गर्ने चेतावनी

१५ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले १६ वर्ष मुनिका विद्यार्थीहरुलाई सदस्यता नदिने निर्णय गरेको छ ।

Nebisanghनेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले विद्यालय शान्ति क्षेत्रको अवधारणालाई सम्मान गर्दै १६ वर्ष मुनिका विद्यार्थीलाई सदस्यता नदिने निर्णय गरेको हो ।

कार्यसमितिले गरेका १० बुँदे निर्णय बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले विद्यालयमा हुने दलीय राजनीतिलाई कम गर्न यस्तो निर्णय गरेको बताए ।

उनले अन्य विद्यार्थी संगठनहरुलाई पनि विद्यालय तहका विद्यार्थीलाई सदस्यता नबाँड्न प्रस्ताव गर्ने बताए ।

चन्दा उठाए कारबाही

नेविसंघले आफ्ना सदस्यहरुलाई शैक्षिक संस्था, व्यापारिक घराना र अन्य संस्थाबाट चन्दा उठाउन नदिने निर्णय पनि गरेको छ । नेविसंघका अध्यक्ष महरले शैक्षिक संस्था र व्यापारिक घरानाबाट आफुखुशी चन्दा असुल गरेको पाइए संघले कारवाही गर्ने र सरकारलाई पनि कारवाही गर्न सघाउने बताए ।

नेविसंघले मधेसी र आदिवासी जनजाति सम्बद्ध दलका माग सम्बोधन गरेर संविधान कार्यान्वयनका लागि देशव्यापीरुपमा दवाबमुलक कार्यक्रम गर्ने भएको छ । दवाबमुलक कार्यक्रमको सुरुवात प्रजातान्त्रिक आन्दोलनका क्रममा सहिद भएका कामेश्वर कुशेश्वरको स्मृति दिवसका दिन धनुषाको यदुकुवाबाट गर्ने अध्यक्ष महरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment