Comments Add Comment

‘ट्याक्सी मिटरमा जान नमाने उजुरी गर्नुस्, तत्काल कारबाही हुन्छ’

taxi (3)

१५ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी परिषद्, ललितपुरले मिटरमा जान नमान्ने ट्याक्सीहरुलाई कारबाही गर्ने भएको छ ।

बुवाको मुख हेर्ने दिन नजिकिँदै जादाँ यात्रुहरु नठगिउन् भन्नका लागि ट्राफिक प्रहरीले ललितपुरका विभिन्न ट्याक्सी पार्किङ्ग स्ट्याण्डमा मिटर ट्याक्सी पार्किङ्ग स्ट्याण्डको वोर्ड राखेको छ ।

ललितपुरको पाटन अस्पताल, लगनखेल चोक, वि एण्ड बी अस्पताल, समेरु अस्पताल, पाटन ढोका, जावलाखेल, कुपण्डोल, एकान्तकुना लगायतका ट्याक्सी पार्किङ्ग स्ट्याण्डमा बोर्ड राखिएको हो ।

उक्त स्ट्याण्डमा पार्किङ्ग गरेर राखिएका ट्याक्सीहरुले मिटरमा जान नमानेको खण्डमा यात्रुले उक्त बोर्डमा उल्लेखित नम्बरहरु १०३ वा ११०३ मा फोन गरेर उजुरी गर्न सक्नेछन् । यस्तै मोबाइल नम्बर ९८५१२-९५१०० मा एसएमएस गरेर समेत उजुरी गर्न सक्नेछन् ।

उजुरी गरेको पाँच मिनेटमै ललितपुरका विभिन्न चोकमा कार्यरत ट्राफिक प्रहरीले त्यस्ता ट्याक्सीलाई तुरुन्तै कारवाही गर्ने ट्राफिक प्रहरी परिषद्, ललितपुरका ट्राफिक प्रहरी निरिक्षक सिताराम हाछेथुले बताए ।

नले महानगरीय ट्राफिक प्रहरी कार्यालयको अनुमतिमा यो कार्य गरिएको बताए । ‘चाडवाड नजिकिँदै जादाँ ट्याक्सीहरु मिटरमा जान नमानेर यात्रुहरु ठगिने गरेका छन् । यो समस्याबाट यात्रुहरु जोगिउन् तथा नठगिउन् भन्नका लागि दवाव स्वरुप हामीले ट्याक्सी स्ट्याण्डहरुमा फोन नम्बर सहितको स्टिकर टाँसेका छौं’ उनले भने ।

कुनै पनि ट्याक्सीले मिटरमा जान नमानेमा उनीहरुलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment