Comments Add Comment

कमल थापाको दाबीः सरकारले मधेसवादीलाई बेवकुफ बनायो

Kamal-Thapa

१५ भदौ, सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारले संविधान संशोधन गर्छु भनेर भ्रम छरिरहेको दाबी गरेका छन् ।

राजविराजमा बुधबार केहि पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकारले मधेसवादी दलहरुलाई बेवकुफ बनाइरहेको बताए । पूर्व परराष्ट्रमन्त्री थापाले भने, ‘वर्तमान सरकारले भारत भम्रण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली र मधेसी जनताको आँखामा छारो हाल्नु हो ।’

यद्यपि उनले मधेशवादी दलहरुको माग अनुसार गरिने संविधान संशोधनमा हिन्दू राष्ट्र घोषणालाई पनि समेट्नु पर्ने बताए । थापाले हिन्दू राष्ट्र नै आफ्नो प्रमुख मुद्दा रहेको बताए । ‘हिन्दु धर्म संरक्षणका लागि मधेसी समुदाय पनि जोड्तोडका साथ लागेका छन्’ उनले भने, ‘नेपाललाई हिन्दु राष्ट्र बनाउन सबैले सहयोग गर्नुपर्छ ।’

निर्वाचनको मिति तोक

राप्रपा नेपालका अध्यक्ष थापाले तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्न पनि सरकारसँग माग गरेका छन् । यो बर्ष स्थानीय निकायको निर्वाचन हुन नसके आगामी वर्ष तीन वटै चुनाव गराउन समस्या हुने उनको भनाइ थियो ।

आफ्नो सरकारले मंसिरमा स्थानिय निकायको चुनाव घोषणा गरेको तर नयाँ सरकारले निर्वाचनको मिति निर्धारण नगरी अन्यौलता थपेको थापाको जिकिर छ ।

उनले आउँदो चैतमा स्थानिय निकायको चुनाव नभए २०७४ सालको मंसिरमा तीन वटा चुनाव हुन गाह्रो हुने बताए । ‘मुलुकमा राजनीतिक अन्यौलतालाई अन्तय गरी तत्काल स्थानिय निकायको चुनाव मिति तोक्नु जरुरी छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment