Comments Add Comment

अझै दुई साता सरकारलाई हेर्छुः डा. केसी

Dr KC (4)

१५ भदौ  काठमाडौ । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले दुई साता सरकारको बाटो हेर्ने पर्खने बताएका छन् । उक्त समयमा पनि आफूसँग भएको सहमति कार्यान्वयन नभए अल्टिमेटम दिने र नभए नवौं पटक आमरण अनशनमा बस्ने चेतावनी दिए ।

मार्टिन चौतारीले आयोजना गरेको ‘लोकतान्त्रिक समाजको निर्माणमा सत्याग्रहको भूमिका’ विषयक कार्यक्रममा डा. केसीले नवौं आवरण अनशन बस्नु पर्ने स्थितिको सिर्जना हुने बताएका छन् ।

लगातार ६/७ वर्ष कोशिश गर्दा पनि नभएपछि सत्याग्रहको बाटो रोजेको भन्दै उनले भने, ‘सक्दै नसकेपछि बाध्य भएर सत्याग्रह गरेको हो ।’

डा. केसीले अहिलेसम्मको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले सबैजना तातेको बेलामा पनि चिकित्सा शिक्षा निति पारित नभए भविश्यमा नआउन सक्छ र आएपनि यो माफियामुखी तथा राजनैतिक दल तथा नेतामुखी हुनेछ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका साथै सुशासनका लागि नलडे आउँदो पुस्ताले आफूलाई धिक्कार्ने भन्दै डा. केसीले सत्याग्रहमार्फत नितिगत सुधार तथा सुशासन कायम गरेरै छोड्नेे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment