Comments Add Comment

खाद्य संस्थानले दसैंका लागि तीन हजार खसीबोका किन्ने

Khasi boka (11)

१५ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंमा काठमाडौंका उपत्यकामा मासुको आपूर्तिका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले एक हजार ५०० खसीबोका र एक हजार ५०० च्याङ्ग्रा खरिद गर्ने जानकारी दिए ।

उनका अनुसार संस्थानले खसीबोका सिरहाको लहानस्थित अञ्चल कार्यालयबाट ६००, दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट २००, नेपालगन्जस्थित अञ्चल कार्यालयबाट १५० र वीरगन्ज शाखा कार्यालयबाट ५५० खरिद गर्नेछ ।

यसैगरी खाद्य संस्थानको मुस्ताङ शाखाबाट एक हजार ५०० च्याङ्ग्रा खरिद गरिने छ । र, घटस्थापनाभन्दा दुई दिनअघि खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउनेछ ।

सूचना अधिकारी पवनकुमार कार्कीका अनुसार खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको खरिदका लागि रु चार करोड ६७ लाख विनियोजन गरेको छ ।

गत वर्ष मधेस आन्दोलन, नाकाबन्दीले गर्दा संस्थानले माग गरेकोभन्दा आधा कम आएको थियो । खसीबोका बजारमूल्यभन्दा प्रतिकिलो १० देखि २० कम मूल्यमा बेचिने बताइएको छ । कार्कीका अनुसार जिल्लाबाट आएका खसीबोकाको मूल्य ढुवानी खर्च कटाएर तोकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment